Sunday, January 7, 2018

चिया पिउनु ब्यर्थ छ तिम्रो नशा नलाग्दा तिमिलाइ समीप नपाउदा ।

अस्थायी कागजको पानामा जेल पेन प्रगोग गर्न मन थियो निर्धक काथ तर त्यसो भने गरिन ! छाप्न मन थियो उनको हृदयमा मेरो नाम तर पानामा छापिदा पाना र अक्षरले सराप्छ त्यसो गर्ने साहस जुटाउन सकिन । उनका नाममा कोरेका पत्र का पाना स्थायी हुन भनेर पेनटेक पेन युज गरे ।

प्रिय् तिमी संग म अन्जान छु । तिमिले संभवत मलाइ चिन्न प्रिय् नठान्न सक्छौ । म तिमी सामु प्रस्तुत नहुनु तिमिलाइ म अन्जान तुल्याउनु गल्ती को श्रेय म हु । सौगात मार्ग संग तिम्रो घनिष्ठ सम्बन्ध छ । त्यहका चौपाय धन्य तुलिन्छ जसमा तिम्रो पाउ पर्छ मेरो नजरमा ।

श्रोर्ह श्रिङ्गार्नु किन पर्छ र तिमी गोपिनिहरुको रानि राधा जस्ती ! ती अप्सरा लोभिने जिउडाल ! काला गाजल भित्रका लठ्ठै पार्ने तिब्र चल्ने नयन ! सरस्वती लोभिने ओठ ! म त एक मानव आरिस कृष्ण देब लाई त लाग्छ अनि मलाइ किन नहुनु ।

तीन बजेर पचपन्न मिनेट जादा म चिया पिउछु किनकी तिमी अपिस पछि मेरै समिपको चौपाय बाट कट्छौ । खासमा चिया एउटा निहु हो मलाइ तिम्रो नशा छ । चिया पिउनु ब्यर्थ छ तिम्रो नशा नलाग्दा तिमिलाइ समीप नपाउदा ।

बिचार गर्छौ भनी छक्क पर्छौ होला यो मान्छे सदैब यहि समय चिया पिउछ भनी । गर्दैनौ भनी यतिका भिडमा मेरो के अस्तित्व र । तर अस्तित्व छ प्रिय् मलाइ तिम्रो नाम थाहा छैन तर तिम्रो नाम अगाडि मेरो नाम जोड्ने यो स्थायी कल्पनाको त छ नि ।

तिमी प्रती लुकेका मेरा भावाना कागजको सानो टुक्रामा कोरि धेरै माया दर्साउन सकिन किनकी मेरो माया त्यसमा सिमित छैनन धेरै असिमित छन जसमा ती ठुला ठुला कागज पनि छोटा हुन्छन र प्रत्येक छोटा कागजको तुक्रामा पनि मेरा मायाका प्रत्येक शब्द यथावत रुपमा बेहिमानी बेहोसी अनि तिम्रो मायाका भोगी अनि स्वार्थी हुन्छन । धेरै कुरा छन तर त्यसको क्षेय तिमी मात्र तिमीलाई जान्छ ।

म त एक बेहोसी प्राणी तिमी प्रती सदाबहार बेहोस नै छु । म बेमतलबी छु आफैमा तर तिमी प्रती मतलबी छु । एक्लै छु म तर यो मन तिम्रो सदैब साथमा छ । म म द्वारा तिमी भित्रै छु तर तिमी द्वारा म आफै प्रती अन्जान छु ।

प्रिय् अब त ती चियाका कप पनि मैले नपिउदा भौतारिन्छन होलान जसरी म तिमिलाइ नदेख्दा भौतारिन्छु समिप नपाउदा मन दुख्छ मेरो त्यसरिनै म फेरि पनि तिम्रो नशामा चिया पिउन चहान्छु तिमी यहि चौपायमा हिडन ल ।

उहीँ तिम्रो मनमा बाँस पाउने चहाना मा !
म मौन हत्यारा रोशन ।

No comments:

Post a Comment