Saturday, December 30, 2017

किन नया बर्षको शुभकामना नभन्नु भा रोशन जि ?

आज पनि दिन दिन जस्तो नलागी कट्यो मैले उनका ति एक टक हेर्ने नयन र त्यो मुस्कान  झल्किएको थिएन किनकी उनी आज कलेज मा एपसेन्ट थिइन

उनीलाई सम्झिएरनै कलेज पुग्ने म 
उनी संगै सपनिना हास्ने खेल्ने म
उनी आज कलेज नाआउदा पनि 
उनको कुर्सी कुसुमे रुमालले सफा बनाउने म
म भित्र उनी तर उनी भित्र छैन म
मेरो छाया उनी सोच्ने म
घाम लाग्दा पनि एक्लै छायामा रमाउने म
मलाइ म भित्र म 
सोच्छु कहिले हुन्छु उनी भित्र म ।

मन्द हासो थियो मेरो आज त्यो ओठ भित्र को ४,५ वटा दातको लहर देखिने आज एउटा पनि देखिएनन । मात्र ओठ मरिहत्ते गरेर च्यात्नु पर्यो । साथिको मजाक मा नहासे कहाँ धर पाहिदो रैछ र ।

उनी कलेज नआउदा कहिले नि कल आहुदैन थियो तर आज आयो अपसोस त्यो कल नभएर म्यासेज थियो कारण केही थिएन मात्र फुलैफुलले लेखिएको थियो हेप्पी निउ यियर । रुम आहुदै गर्दा मैले नि रिप्लाइ दिए  टोपी दिवसको शुभकामना ।
फेरि आयो म्यासेज किन नया बर्ष को चाहि शुभ कामना नभन्नु भा रोशन जि (उनी मलाइ तपाईं भनेरै बोलाउथिन   ) ? खुलस्त भने मलाइ नया बर्ष भन्दा पनि टोपी दिवसमा रुचि छ । हेरत MMS
ओपन गरेर ।
हजुरलाइ सुहाएन है टोपी ले उनिले भनिन । मेरो शिरलाई सुवाहोस नसुवाहोस तर मेरो राष्ट्रलाई अबस्य सुवाउने छ ।
म्यासेज पठाउने बित्तिकै रिप्लाइ आयो कसको संगत छ अहिले यस्तो बोल्न आहुछ हजुरलाइ ?
म नढाट्ने मान्छे भनिदिए मलाइ तिम्रो संगत लागेको छ अचेल । तिमी नहुदा पनि तिमि म संगै भए जस्तो लाग्छ । तिमी संग बोल्न डर लाग्छ बोल्न खोजेर कल गर्यो के बोलौ बोलौ हुन्छ । म्यासेज मा जागर आहुछ तर हाम्रो मित्रता टुट्छ भनी डर लाग्छ ।  मेरो दोष होइन अनि तिम्रो पनि यो त हाम्रो माया प्रतिको मेरो मनको दोष हो । यसको सजाय जे दिन्छौ देउ औषधि एउटा मात्र छ तिमी र तिमिले गर्ने म प्रती माया । म्यासेज धेरै ठूलो गएछ ।

रोशन जि मलाइ थाहा छ हजुर मलाइ माया गर्नु हुन्छ । तर माया ले मात्र जिन्दगी चल्छ भन्नुस त ? मेरो बिबहा त सायद  म भन्दा धेरै ठूलो उमेर संग हुन्छ होला यस्तै रित छ मन मिल्ने संग बिबहा हुदैन किनकी मायाको अर्थ बिबहा होइन बिबहा पछि को समय नि सुमधुर बनाउनु माया हो । मलाइ पनि मन छ हजुर संगै रहन तर पछि धेरै गारो हुन्छ हजुरले पहिला आफ्नो लाइफ सोच्नुस अनि त्यस पछि माया । पछि के था मैले हजुरलाइ पर्खिएर बसौला उमेर बित्ला म नराम्री हौला । राम्रो फुल मात्र पो टिप्नु हुन्छ कि बैँस त मेरो हुदैन । मेरो बिबहा को कुरा हुदैछ घरबाट हामी एक असल साथी भएर रहौ ल । हजुर नरिसाउनुस , म भन्दा राम्री पाहुनुहुनेछ । हजुरको बिबहामा म अबस्य आहुनेछु ! बोलाउनुस है ।अहिले बाइ अब म्यासेज नगर्नुस मायाको गर्नुस तर मित्रताको मायाको ।

आज ४ बर्ष भएछ । उनको म्यासेज अन्तिम पढेको । उनिको सिहुदोमा अर्कैको सिन्दुर छ उनलाइ मामु भनेर बोलाउने
मान्छे छन रे । जे होस उनी खुशी छिन अनि म टोपी दिवसको दिन दुखी ।

Friday, December 22, 2017

सपना संग ।

हावाका सुकमोल लहरले उनका कमल कपाल जसरी हावा चल्दा पत्ता उमंग साथ लहरिन्छन त्यसरी नै लहरीरहेका थिए म तिर । लाग्थियो ती हावाका झोका मा अक्सिजन भन्दा उनका स्प्रे का अनेक कण मेरा सिट सम्म हावा मार्फत छक्लिरहेका थिए ।
म एक टक ले उनका ती स्पर्श मौन रुपले स्विकार्दै घरी घरी कर्के नजर दोहोरियाही रहन्थे । डार्क रेड ग्लास , रातो लिप्सको लेपन , कानका अनेक तलामा झुम्का ! निकै आकर्षक वस्त्र, उनी रातै साडी र रेड सेन्डलमा थिइन । उनको मोबाइलको कबरमा नयन एकै पल्ट ठोकियो हाम्रो उस्तै रहेछ।
फेसबुकको च्याट वालमा मात्र उनका ठुला नङ्ग भएका औलाका पैताला रफ्तारमा नरोकी दौडिरहेका थिए । प्राय अचेल यहि रित छ ।
मलाइ बेमतलबी दुनियामा मतलबै नभै पनि हेल्लो हाइ गरेर स्वार्थ को मतलब, गतिहिन आफ्नो पन राख्न मतलब लाग्दैन । प्राय परिवारको फोटोमा आफ्नै मनले कमेन्ट गरेर आफ्नो पन झल्काइन्थ्यो ।
इमेल, ओनलाइन खबर, मनपरेको ब्लगमा जाने समय कटाउने यस्तै चल्छ चलिरहोस । एक्कासी नयन त्यहा गएर ठोकियो जहाँ भिउ योर प्रोफाइल माथी पट्टि उनको नाम आजुपम राज्य लक्ष्मी कोरिएको थियो । त्यहा आजकै ड्रेस लगाएको प्रोफाइल पिक्चर टल्किरहेको थियो ।
बोल्न त मन थियो तर मौन थिए , इसाराको कुरै छाडौ हामी अन्जान थियौ । रुप संग म ग्यात थिए उनी सौन्दर्य कि रानी थिइन । मन संग ह्या मनको कुरा छाडिदिउ मन त हरेक पल परिवर्तन हुन्छ जब मनमा मसिनो बीउ बाट ठूलो बिरुवा पलाएझै लोभ पलाउछ ।
हर्न निषेधित ठाउमा जब एक्कसी ठूलो आवाज मा हर्न बज्यो । मेरो हात एकै चोटि टेबल वाचको स्नुज बटम मा गएर ठोकिएछ हर्न बन्द र म झसङ्ग ।