Monday, June 4, 2018

भन्न मन लाग्छ, तिमी अब भ्रम संग नखेल ।

माया यो भ्रम जाल भन्दा बाहेक केही रहेनछ । हो म तिमिलाइ धेरै माया गर्छु, जिन्दगी भर साथ दिन्छु, यी त सबै भ्रम का केही टिप्पणी हुन । जिन्दगिमा कसैलाइ चहानु , नपाउन्जेल मरिमेट्नु , पाए पछि लापत्ता हुनु । म पनि आज सम्म भ्रम मै रहेछु, माया त खै पाएकै रैनछु यस्तो सोचाइ आहुनु परिपक्क हुनु हो । मन संग खेलबाड गर्नेलाइ आजै देखि भन्न मन लाग्छ, तिमी अब भ्रम संग नखेल । एउटा उदाहरण सुन्नुस एउटा छोरी मान्छे छिन जसलाइ तपाईं असाध्यै मन पराउनु हुन्छ , माया गर्नु हुन्छ । उनी पनि उत्तिनै गर्छिन । तपाईं संग केही कुराको कमि पाहुदिनन । समय बित्दै जान्छ । अचेल फेसबुक, टुइटर अन्य सोसियल मिडिया चलाउने रित बढेको छ । बिचार गर्नु भा छ, बाहिरी दुनिया हुन्छन नि जो छोरा मान्छे नचाहिदो मन भड्काउने खालका कमेन्ट ती छोरी मान्छेका फोटामा कोरिन्छन । म्यासेज नि उस्तै उस्तै आहुछन । तिमी कति राम्री , तिम्रा तस्बिर त आहा , म तिमिलाइ मन पराउछु । एक दुई चोटि यस्ता म्यासेज आहुनु स्वभाबिक हो तर धेरै ठाउँ बाट यस्ता म्यासेज दोहोरी राख्दा केही फरक मन छोरी मान्छेमा झल्किन थाल्छ । अनि ती हजार म्यासेजमा एउटा छोरा मान्छे जुन उनको प्रेमी उसमा ती म्यासेज दाजिन्छन । झगडा नगरौ भन्दा भै हाल्छ । नरोहेका ती जोडि दिन हुदैन । यस्तै रछ म रुनु नै थियो भन्ने थाहा पाएको भए किन माया गर्थिए जस्तो भ्रम पलाउन थाल्छ । उनमा बाहिरी दुनिया नै प्यारो लाग्छ । एउटा माया भ्रम मा फसेकी उनी , त्यो भ्रम बाट निस्किए जस्तो लाग्छ उनलाइ तर झन अर्को ठूलो भ्रम मा फसेको थाहा नै हुन्न । मृत्यु सम्म उनी भ्रम बाट निस्किन सक्दिनन । उनी भ्रम कै भरमा बाचेको हुन्छिन । आशा गर्नुस त्यस्ता मान्छे भ्रम बाट बाहिर ननिस्कुउन । ती माथिका कुरा छोरी लाई छोरा मा परिवर्तन गरेर पढ्दा नि हुन्छ । यहाँ दुबैको अर्थ एउटै आहुछ । म रोशन ढकाल उपाध्याय । Www.facebook.com/roseonbroz