Sunday, July 22, 2018

मायाको गल्ती देखिए पनि मायामा देखिदैन ।

बिशेष त मैले भोगेको भन्दा पनि पढेको, देखेको, र साथि हरुको स्वभाव बदलिएको भावाना बाट थाहा पाएको महशुस गरेको कुरा हो । हजुर आफै बिचार गर्नुस है ! एक जोडि पुरै माया मा पागल छन, ती जोडिले ले एक अर्कालाइ अतिनै बिश्वास गर्छन बिश्वास नै भरमा बाचेका, हृदय देखिनै माया साटेका हुन्छन । ती दुबै मद्धे एकको कुनै कारणवस गल्ती भयो जुन र अर्कोलाइ केही समय पश्यात थाहा भयो । एक रिसाउन थाल्यो अर्को संग । यो सत्य पनि थियो एक ले गल्ती गरेकै छ तर उ रोइ कराइ गर्छ मैले गरेकै होइन, त्यसमा मेरो गल्ती छैन, यस्तो कुरा हुँदै होइन भनेर उल्टै रिसाउन थाल्यो भने त्यो माया गर्ने मान्छेले उसलाइ नै बिश्वास गर्छ र उसको गल्ती छैन नै भन्ने सोच्छ । जोसुकैले जे भन्दा पनि हजारौ भिडले गल्ती देखाए पनि उ एक्लै उब्बिएर भन्छ होइन यस्को गल्ती छैन । यो यहि हो साचो माया, निश्चल प्रेम । यो बिश्वास भनेको बिश्वब्यापी नै छ । यसलाइ नतोड्नुस बरु अझै मजबुत बनाउनुस । बरु टाढा हुनुस छल कपट गर्ने बाट, बरु सम्झाउनुस आफ्नो मान्छे लाई भनी हाल्नुस गल्ती भयो भनी बिश्वास कहिले नि छुट्दैन यो त माया संगै अमर छ । म रोशन ढकाल उपाध्याय ।

Monday, June 4, 2018

भन्न मन लाग्छ, तिमी अब भ्रम संग नखेल ।

माया यो भ्रम जाल भन्दा बाहेक केही रहेनछ । हो म तिमिलाइ धेरै माया गर्छु, जिन्दगी भर साथ दिन्छु, यी त सबै भ्रम का केही टिप्पणी हुन । जिन्दगिमा कसैलाइ चहानु , नपाउन्जेल मरिमेट्नु , पाए पछि लापत्ता हुनु । म पनि आज सम्म भ्रम मै रहेछु, माया त खै पाएकै रैनछु यस्तो सोचाइ आहुनु परिपक्क हुनु हो । मन संग खेलबाड गर्नेलाइ आजै देखि भन्न मन लाग्छ, तिमी अब भ्रम संग नखेल । एउटा उदाहरण सुन्नुस एउटा छोरी मान्छे छिन जसलाइ तपाईं असाध्यै मन पराउनु हुन्छ , माया गर्नु हुन्छ । उनी पनि उत्तिनै गर्छिन । तपाईं संग केही कुराको कमि पाहुदिनन । समय बित्दै जान्छ । अचेल फेसबुक, टुइटर अन्य सोसियल मिडिया चलाउने रित बढेको छ । बिचार गर्नु भा छ, बाहिरी दुनिया हुन्छन नि जो छोरा मान्छे नचाहिदो मन भड्काउने खालका कमेन्ट ती छोरी मान्छेका फोटामा कोरिन्छन । म्यासेज नि उस्तै उस्तै आहुछन । तिमी कति राम्री , तिम्रा तस्बिर त आहा , म तिमिलाइ मन पराउछु । एक दुई चोटि यस्ता म्यासेज आहुनु स्वभाबिक हो तर धेरै ठाउँ बाट यस्ता म्यासेज दोहोरी राख्दा केही फरक मन छोरी मान्छेमा झल्किन थाल्छ । अनि ती हजार म्यासेजमा एउटा छोरा मान्छे जुन उनको प्रेमी उसमा ती म्यासेज दाजिन्छन । झगडा नगरौ भन्दा भै हाल्छ । नरोहेका ती जोडि दिन हुदैन । यस्तै रछ म रुनु नै थियो भन्ने थाहा पाएको भए किन माया गर्थिए जस्तो भ्रम पलाउन थाल्छ । उनमा बाहिरी दुनिया नै प्यारो लाग्छ । एउटा माया भ्रम मा फसेकी उनी , त्यो भ्रम बाट निस्किए जस्तो लाग्छ उनलाइ तर झन अर्को ठूलो भ्रम मा फसेको थाहा नै हुन्न । मृत्यु सम्म उनी भ्रम बाट निस्किन सक्दिनन । उनी भ्रम कै भरमा बाचेको हुन्छिन । आशा गर्नुस त्यस्ता मान्छे भ्रम बाट बाहिर ननिस्कुउन । ती माथिका कुरा छोरी लाई छोरा मा परिवर्तन गरेर पढ्दा नि हुन्छ । यहाँ दुबैको अर्थ एउटै आहुछ । म रोशन ढकाल उपाध्याय । Www.facebook.com/roseonbroz

Friday, March 2, 2018

पोचा लगाउने माग्ने को प्रेम कथा ।

प्रकाशी ! उनको नाममानै तेज पन झल्किन्छ ! सुन्दरता सुन्दर हुन डराएर शुन्य हुन्छ जब उसले प्रकाशिको स्पर्श गर्न पाहुछ । हावा लठ्ठ हुन्छ जब उनका कपालमा हावाका प्रत्येक झोका गएर ठोकिन्छन । उनको सारा कलेज ले तारिफ गर्थियो त्यसमा म पनि पर्थिए उनको सौन्दर्य लाइ मन पराउने । यस्तो लाग्छ भगवान ले उनलाइ फुर्सदमै बनाए तर धेरै मिहेनत गरेर बनाए । कमै हुन्छन यी सब तारिफ मुसुक्क मुस्कुराउने मुस्कान लठ्ठै पार्छ मलाइ । 


 उनी प्रतीका मेरा आरिसपन बेकार छन पानी मा गुच्चा फ्याल्नु सरह , मेरो दिललाइ मात्र थरथर कमाउने उनमा केही फरक नै नपार्ने । फरक पारोस पनि कसरी म एक त्यही कलेजमा पोचा लगाउने माग्ने न थिए । मेरो कुरा कसले सुनी दिने र मेरो त के हैसियत छ र, झन प्रकाशीको त कुरै छाडौ धनाड्य कि एकलि छोरी उनि प्रकाशी राज्य लक्ष्मी ।


 उनी संग कुरा गर्न म एक एक मौका खोज्थिए तर हरेक पल असफल नै हुन्थे । कारण त्यही हो म पनि यदि कलेज पढ्थे भनी कोहि खातेलाइ किन बाल दिन्थे होला र ।


 करिब पाच महिना सम्म उनको अगाडि आउन खोज्दा पाच महिना पाच दिन पछि साझको पाच बजे नै म कलेज को बरेन्डा पुस्दा पुस्दै चिप्लेर लडे उता बाट एकल नारिको हासो गुन्जियो उनी प्रकाशी थिइन । बल्ल बल्ल उठे । मैले शिर लाजले माथी उठाउनै सकिन जब उठाए उनिलाइ देख्नै सकिन । प्रकाशी गहिछिन । 


 राती सुत्न मलाइ अबेरै भयो उनको हासो कानमा सिरिङ सिरिङ गुन्जिएर । कलेज तलै मेरो सानो कोठो थियो म त्यही बसेर गुजारा चलाउथे । आज प्रकाशी बाबा संगै घर जाने कुरा चाल पाए । उनको बाबा उनी पढ्ने कलेज कै प्राध्यापक र म उहाकै नोकर । उनी मोबाइल मै ब्यस्त रैछिन उनकै बाबाको अपिस मा म पोचा लाउन भनी गए । 


 अस्ति को जस्तै चिप्लेलाउ बिस्तारै गर उनले यति मात्र भन्दा सारा संसार आफ्नै झै लाग्यो । म मौन बसे मात्र हुन्छ भने । प्रकाशिले पनि मेरो ख्याल राख्दी रैछिन झै लाग्यो । मलाइ भगवान ले सारा कुरा ठगे पनि बोलिचाली एक्दमै आकर्षित बनाइदिनु भयो त्यसैले उनी पनि मेरो साथी झै गरि बोल्न थालिन । 


 बाबा आहुन नभ्याउने खबर जब उनले पाहिन उनी अलि रिसाए जस्तै गरिन । मैले भने प्रकाशी जि के म हजुरलाइ पुर्याइदिम ? उनले सिधै भनिन के कार छ र तिम्रो ?? फिस्स मुस्कान छाडेर भने हिडेर जानुको मज्जा कार मा चढ्ने लाई के थाहा ?? एकै छिन को कुरा पछि मैले उनलाइ घर सम्म छाडिदिए त्यसपल ठिक्क उनको बाबा नि घर आहिपुग्नु भयो ! मलाइ सदैब राम्रै सोच्नु हुन्थ्यो उहाले । 



 प्रकाशिले बाबा उसलाइ पनि अलि राम्रो काम खोजिदिनु भनेर कर गरिन ! हेर्नुस त बिचारा यो उमेर मा पनि पोचा लाउछ कसैले ?? यो सुन्दा मनै प्रफुल भयो । सर ले भन्नू भयो गाडी चलाउन आहुछ ?? मैले अह आहुदैन भने ! उहाकै सल्लाह मा कमाएको अलिकती पैसाले ड्राइभिङ सिके । सोर्स फोर्स उहाकै लाइसेन्स पनि निकिस्यो करिब दुई महिनाको अन्तराल मा । म प्राध्यापक कै गाडी चलाउन उहालाइ ल्याउने पुर्याउने गर्न थाले । 


 मेरो लाइफ स्टाइल पहिलाको भन्दा अलि रमझम हुन थाल्यो । कहिले नि भन्नु भएन सर ले त ड्राइभरकै लुगा लगा भनेर । म ड्राइभर भन्दा पनि सरको भाइ जस्तै भएर बस्न थाले । राम्रो रुम लिए । कार सधै बेलुका कोठा नै लग्थे ! मान्छे ले पनि मेरै कार हो भन्थे होला । 



 अब त प्रकाशी संग मेरो फोन मै कुरा हुन थाल्यो । सामसुङ को फस्ट टच फोन योङ किने त्यो पनि उनकै च्वाइसमा । अहिले पनि भन्छिन उनी मैले तिमिलाइ यस्तो बनाए तर तिमी मलाइ अझै पनि तपाईं भनेर म ठुली बर्ग तिमी सानू बर्ग को नबनाउ न । हुन्छ भने बानी लागेको छुटाउनै गाह्रो भयो पछि सजिलै संग बोलचाल भयो ।


 उनी प्राय सपनामा रमाउने मान्छे मेरो त सपना नै केही थिएन जिन्दगी जसरी पनि चलोस भन्ने चहान्थे । पछि मलाइ सरले ड्राइभर बाट बिस्तारै अलि ठुलै पोस्ट मा राखिदिनु भयो । मलाइ अब जिन्दगी जिउन सरल अनि मज्जा हुन थाल्यो , गोजिमा पैसाको कमि भएन । फेसनेबल ड्रेस लगाउन मन लाग्न थाल्यो । मेरो सबै रोजाइ बद्लियो तर मन बद्लिएन जसरी पहिला प्रकाशिलाइ मन पराउथे त्यसरी नै मन पराइ रहेको थिए एकोहोरो । उनको मनमा त सायद छैन होला म । 



 एकदिन प्रकाशी संग टेम्पेटेसन रेस्टुराँ गए । उनी पहिला भन्दा मलाइ ज्यादै सम्मान दिन थालेकी थिइन । हामी धेरै नजिक भही सकेका थियौ नजानी भनौ वा जानी जानी । उनी पेय पदार्थ पिउदा झ्याप हुने गरि पिउथिन म भने चुरोट कै नशा मा रमाउथे । धेरै नै पिइन उनले । गाडी सम्म बोकेरै ल्याउनु पर्यो । नशा मा बोलेको कुरा सत्य हुन्छ वा झुटो त्यो मलाइ थाहा थिएन उनले मलाइ आइ लप यु फ्रम द फस्ट डे भनेर चुम्बन गरिन ।



 मैले केही नबोली उनलाइ घर ड्रप गरिदिए । कोठामा पुगेर सोचे ज्यादै खुशी भयो मन यति खुशि म महसुस नै गर्न सक्दिन । बत्ती सधै अन गरेर निदाउथे अज बन्द गरे । मलाइ उनी संग रंगिन सपना देख्नु थियो । तर अन्तिम मा मनमा कौतुहलता बढ्यो उनी त नशामा थिइन नशामा हुदा खै के बोलिन्छ यादै हुन्न जस्तो लाग्यो । निराश अन्तिममा ।



 भोलि बिहानी म्यासेज आहिरहेको रहेछ मोबाइलमा लेखिएको थियो म तिमिलाइ चहान्छु धेरै । हिजो म नशामा थिए नशामा नहुदा मैले धेरै भन्ने कोशिश गरे तर कहिल्यै सकिन । के तिमी पनि चहान्छौ मलाइ ??मलाइ तिम्रो श्रीमती हुन मन छ मलाइ बिबहा गर । 



 म यहि दिनको प्रतिक्षामा थिए तर एक किसिमले मनमा डर पलायो कसरी भनौ मालिक लाई मलाइ तपाईंको छोरी मन पर्छ, म बिबहा गर्न चहान्छु भनेर । तर नभनी नहुने बाध्य बनाइन प्रकाशिले म अलि दिन पछाडी नोकर भएर मालिकको छोरी माग्न गए । सायद म पहिलो ब्यक्ती होला ।


 बुढाको अनुहार हेर्न लायक भएन झन मेरो खै के कुरा गरौ । मलाइ एकै वाक्य मात्र भन्नू भयो अनि म हिढे । "आज देखि तेरो अनुहार नदेखा" । नुन खाएको थिए आज जे थिए उहाकै कारण न हो । तर माया त मनले गरेको हो नि नुन मनले त खाएको छैन नि भनी उनलाइ म्यासेज गरे तर फोन अफ थियो । धेरै ट्राइ गरे लागेन । सरको मा गर्ने साहस भएन । कलेज गएकै थिइनन रे । पुरानो भेट्ने ठाउमा भौतारीए भेटिन कतै । नरोएको र नपिएको दिन हुन्न थ्यो अरु लेडिज संग मनै नजाने । मौन हत्यारा ले लेख्नु भएका प्रत्येक टुइट म संग मिल्न पुग्यो । म पागाल सरि भए । बिस्तारै आफुलाइ समाले । इटहरी को इनभेस्ट बैक मा काम गर्न थाले । मेरो पढाइ ले नदिए पनि मेरो अनुभब ले दियो । बिस्तारै सफल जिन्दगी सुरु भयो । 



 करिब चार बर्ष पछि रातिको बार बजे फोन आयो त्यो नं नेपाल बाहिर को थियो ट्रु कल्लर ले जर्मनी को लोकेसन देखायो । फोन उठाए । म प्रकाशी भनेर के भनेकी थिइन आँसु अडिएन नयन बाट । धेरै बेर कलमा कुरा भयो । उनी डाक्टर भैछिन । बाबाको डरले मोबाइल फोन बोक्दिनन रछिन । साथिको बाट गर्दा थाहा हुन्छ भनेर गरिनन रे । तिमिले बिबहा गरेउ भनेर सोधिन । मैले छैन मात्र भने । उता बाट आइ लफ यु डियर भनिन सास फेर्नै नपाइ लफ यु टु भने । यो जति खुशिको कुरा के नै थियो र मेरो लागि । जर्मनी आहु बिबहा गर्नु पर्छ भन्ने कुरा भयो । म टुरिष्ट भिसामा छिट्टै जर्मनी पुगे । एयर पोर्ट मा मलाइ देख्ने बित्तिकै कुदेर आएर चुम्बन अनि अङालो मारिन । म मौन थिए अनि उनको हेराइ हत्यारा । 



 एक दुई दिन त्यही बस्यौ । अर्कै ठाउँ जानू भन्दा अगाडि बिबहा गरेउ जर्मनी पारामा । हामी त्यो ठाउँ छाडेर जानु भन्दा अगाडि उनले बाबालाइ म्यासेज कोरिन । अनि सिम फ्याकेर गुड बाइ ।



 अहिले हामी बेग्लै संसार मा छौ । हाम्रो एक छोरी पनि भैइन उस्तै प्रकाशी जस्तै । बिस्तारै उनी ठुली भइन । प्रकाशी जहिल्यै एउटा कुरा मा मन दुखाउथिन अब त बाबा संग कुरा गरौन भनेर । छोरिको मन न हो सदैब कहाँ टाढा भएर बस्न सक्दो रैछ र । हुन्छ गर भने । फोन गरिन बाबा भन्ने बित्तिकै उतै बाट मधुरो आवाज सुनियो छोरी तिमी कहाँ छौ ?? को संग छौ ?? उनिले भनिन म त्यही मान्छे संग छु जुन हजुरको नोकोर थियो । म उसलाइ छाड्न सक्दिन बाबा उसको र मेरो माया को चिनो एउटा हाम्रो छोरी छे म जस्तै । हजुरलाइ नातिनी अनि म चाहिन्छ भने हामिलाइ माफ गर्दिनुस ।


 हामी अमेरिका मा छौ अहिले । म संग उसको बाबा, सानि छोरी अनि प्रकाशी छिन । हाम्रो यतै ठूलो बिजनेस एम्पाएर सुरु भयो । नेपालको सम्पती थोरै राखेर अरु सबै बिक्री गरियो । अचेल हामी खुशी शुखी अनि एउटै परिवारमा आबद्ध छौ । घुम्न नेपाल जाने गरिन्छ । 



Friday, February 23, 2018

कोट ।

तलाइ म पानीमा चोबल्छु
जसरी मान्छे झुन्डिन्छन त्यसरी झुन्ड्याउछु
तलाइ थाहा छ नि म तलाइ कति माया गर्छु !
त पनि त मलाइ त्यतिनै माया गर्छस
म जता जुम भन्छु त्यतै जान्छस
तलाइ खाटा मुनि फ्याके पनि भयो
बिस्तारामा सिरानी लाएर सुते पनि भयो
भोलि पल्ट त त्यसरिनै मुस्कुराइ रहेको हुन्छस
जसरी भनो मैले त्यसरिनै शरिरमा उनिन्छस !!

तेरो बैंस हुन्जेल मैले तलाइ चाहानु चाहे
तेरो रुप संग पनि मैले खेलबाड गरे !
तर पनि त मुसुक्क हासेर भन्छस
म त अब बूढो भए रोशन !
म कसरी बिर्सौ तलाइ त बूढो हुदा पनि तेरो माया लाग्छ
त्यसैले त म तलाइ छातिमा टसाउछु !!
ए मेरो पुरानो कोट !!!

Saturday, February 10, 2018

प्रेम पत्र ।

प्रिय्

धड्किने प्रत्येक मनका धड्कन अनि उब्जिएका हृदयको अटल मायाका तरङ्गका साथ मुटु चिरिने गरि न्यानो सम्झना ।

कोरेका एक एक पत्रको श्राप बियोर्नु परेको छ कारण ती निद्रोश पानामा मेरा कलमका मेट्न नसक्ने छाप र तिम्रो सामु पुर्याउन नसक्ने यो दोषी आत्मा म द्वारा च्यातिन्छन ।


तिम्रो लागि मेरो हृदयमा जे झल्किन्छ त्यो एउटा कागजको सानो टुक्रामा अबयानिय छ । तिमिलाइ म मेरि भनेर सम्बोधन गर्न सक्दिन आफ्नो भनेर छातिमा टसाउने आट छैन कारण तिमी म प्रती अपरिचित छौ र म तिमी प्रती आशक्त ।


छ महिना जब तिमी प्रत्येक चार बजेर पाच मिनेटमा मेरो नयन अगाडि बाट कट्थ्यौ त्यो पहिलो दिन देखिनै तिमी सपनी अनि बिपनिमा आहुथ्यौ तर तिम्रो चन्चल गर्ने परेली भित्रको नयन अनि ओठमा बर्सने मुस्कानले पनि जवाफ दिएन ।


यो पत्र तिमिलाइ सुम्पिएर म नबोलि हिड्नेछु चाहे यो मेरो मुर्खाइ किन नहोस । फ्याक्यौ त यो जुनि तिमिलाइ हेरेरै काट्नेछु पढ्यौ त भोलि तिमिले बोलाउने छौ म त्यही पर्खिरहा हुनेछु

उहीँ तिम्रो उपाध्याय ।

Friday, February 2, 2018

जुनदिन बोलाउने छौ सम्झिने छु त्यसपछि मैले माफी पाए

म भन्न सक्दिन मैले तिमिलाइ कुन दिन देखि आफ्नो सोचे कान्छु । जुन दिन देखि तिमी संग सानो कुरामा मन दुख्न थाल्यो , मसिनो कुरामा मन खुशी हुन थाल्यो। यो मुटु तिमी रिसाउदा धड्किदो त रैछ कान्छू तर छटपटि मुटु को धड्कन भन्दा तीब्र रफ्तार मा कुद्छन्न , दिमागका तिम्रा चित्रमा गएर ठोकिन्छन र के सम्बन्ध छ होला कान्छू नयन मा त्यो बर्षा म रोक्नै सक्दिन ।

म अन्जान छैन त्यसपल । म मान्छु म बाट गल्ती भयो , मान्छे हु म पनि हुन्छन नि होइनर ? यसपल आहुनु भन्दा पहिला त केही भएको थिएन नि ? नकारात्मक पक्षका कुरा चुइगम जस्तै जति मीठो सोचे पनि अन्तिम मा फाल्नै पर्छ । सकारात्मक कुरा पनि त हुन्छन नि कति जसको मिठास जीवन काल सम्म आहि रहन्छन । अब यस्तो कुरा फेरि दोहोरिदैनन म बाचा गर्छु । (SORRY)

केही हद सम्म लाग्छ मनमा त केही छन मेरा लागि तिम्रो हृदयमा । तर कान्छू कति सानुसानु कुरा केलाउदा पनि म त्यो माया किन पाउदिन , त्यो साथ किन भेट्दिन ? केही मात्र होइनन् मेरो मुटुमा धेरै कुरा छन । तिमी मलाइ आफ्नै जस्तै लाग्छ । थाहा छैन मलाइ तर मलाइ यो भन्नू नि जरुरी छ । म तिमिलाइ चहान्छु ।

म्यासेजका उत्तर पनि पाहिन मैले । मलाइ अन्तिम म्यासेज याद नै छ
(How can I be a perfect guy n perfect person for u ?)
(Plz...I will implement in maa life all yours words)
(Waiting !
)

उत्तर आएका थिए :- (tha xnaa malai...) (malai tha xainaa )

केही कुरा त मैले नि उत्तर पाउनु पर्छ नि त अनिन तिम्रो रिसाएको मुहारमा खुशी छर्न सक्छु । म मात्र तिम्रो खुशी चहान्छु । म तिमिलाइ माया धेरै गर्छु तर त्यसको मतलब यो होइन तिमिले पनि मायानै गर्नु पर्छ म जस्तै ।

I am sorry dear.......

कान्छू अझै पनि म माथी धेरै रिसाएको छौ ? म नालायक , बेहिमान छु जस्तै लाग्छ भनी त्यही दिन तिमी म संग बोल्ने छौ जुन दिन मलाइ तिमी माफ गर्दिने छौ ।

म पर्खिरहान्छु तिमिलाइ ।
छिट्टै म धेरै दिन पर्खिन सक्दिन ।

Tuesday, January 23, 2018

कसै प्रती मनको माया ।

पानीका प्रत्येक कण मा तिम्रै आकृती झल्किन्छन भन्छौ तिमि
त्यहा हेरत पानी मा देखिन्नौ तिमी देखिन्छौ मैले गरेका प्रत्येक काममा जसमा यस्तो होइन यस्तो गर्नुस भनेर सम्झाउने तिमी छौ । आकृती त मेरा मनमा छन जुन आकृति तिम्रो कारण सदाबहार मेरा मुस्कान मा झल्किन्छन सजिन्छन रमाउछन ब्यर्थ भएर झर्दैनन ती कमल पुल बुढा भएर माटोमा मिले जस्तो म त माटो मै भएर पनि ती गुलाब फुल फुलाउन चहान्छु जहाँ तिमी कोपिला भएर फुल्छौ फकृन्छौ अनि झर्छौ त मेरै काखमा रम्छौ त मेरै साथमा । निरन्तर सदाबहार चलिरहन्छ प्रेम तिमी जहाँ म त्यही नहुदा समीप नरहदा पनि । ब्यर्थ कट्दैन ती दिन जति बेला मेरो मनमा तिमी सम्झन्छन् ।

म भन्दिन जीवन त कट्दैन तिमी बिना तर म भन्छु तिमी नहुदा होषै ले कट्छ तिमी हुदा बेहोसिको त्यो मातले जुन सदाबहार तिम्रै मताइ मायाको होस सम्मानको होस साथको होस यस्तै यस्तै बेहोसी मातको होस ।

आकाशको तारा अनि चन्द्रमा भन्दा परको आकाश जब म हेरि राख्छु मलाइ त्यस्तै डर लाग्छ जुन डर तिमी टाढा हुन खोज्दा लाग्ने गर्छ । अब आकाश तिर हेर्न झन डर लाग्छ । तिमी संग छुटिन अझ डर लाग्छ ।

रिस उठ्छ त्यो समान्य हो पशु लाई पनि उठ्छ त्यो त पशु नै हो । रिस पनि धेरै थोरै हुन्छ । त्यो थोरै रिस छ नि त्यो भन्दा थोरैको पनि थोरै रिस तिमी प्रती म मा नहोस । त्यहा मात्र भाब होस त्यहा रिसको सट्टा माया होस धेरै धेरै प्रेम होस । धेरै धेरै साथ होस । असिम र न्यानो घनिष्ठता होस ।

हामी सबै मान्छेको मनमा जो सुकै किन नहोस ईष्र्या त पक्कै लुकेको हुन्छ । त्यो ईष्र्या म मा लुक्न त म दिदिन तिमिमा नलुकोस म प्रती यहि कामना छ । त्यो लोभ नलुकोस कतै कसै गरि त्यही संकल्प भएरनै माया गरिन्छ मन साटिन्छ दुई आत्मा भित्र आस्था जगाइन्छ । म मा केही आरिसपन छैन तिमिलाइ , कोसिस गर तिमिमा पनि नहोस अरु कसैको लागि म बिपरित ।

असिम माया ।
उपाध्याय रोशन।