प्रिय्
धड्किने प्रत्येक मनका धड्कन अनि उब्जिएका हृदयको अटल मायाका तरङ्गका साथ मुटु चिरिने गरि न्यानो सम्झना ।
कोरेका एक एक पत्रको श्राप बियोर्नु परेको छ कारण ती निद्रोश पानामा मेरा कलमका मेट्न नसक्ने छाप र तिम्रो सामु पुर्याउन नसक्ने यो दोषी आत्मा म द्वारा च्यातिन्छन ।
तिम्रो लागि मेरो हृदयमा जे झल्किन्छ त्यो एउटा कागजको सानो टुक्रामा अबयानिय छ । तिमिलाइ म मेरि भनेर सम्बोधन गर्न सक्दिन आफ्नो भनेर छातिमा टसाउने आट छैन कारण तिमी म प्रती अपरिचित छौ र म तिमी प्रती आशक्त ।
छ महिना जब तिमी प्रत्येक चार बजेर पाच मिनेटमा मेरो नयन अगाडि बाट कट्थ्यौ त्यो पहिलो दिन देखिनै तिमी सपनी अनि बिपनिमा आहुथ्यौ तर तिम्रो चन्चल गर्ने परेली भित्रको नयन अनि ओठमा बर्सने मुस्कानले पनि जवाफ दिएन ।
यो पत्र तिमिलाइ सुम्पिएर म नबोलि हिड्नेछु चाहे यो मेरो मुर्खाइ किन नहोस । फ्याक्यौ त यो जुनि तिमिलाइ हेरेरै काट्नेछु पढ्यौ त भोलि तिमिले बोलाउने छौ म त्यही पर्खिरहा हुनेछु
उहीँ तिम्रो उपाध्याय ।
No comments:
Post a Comment