Tuesday, January 23, 2018

कसै प्रती मनको माया ।

पानीका प्रत्येक कण मा तिम्रै आकृती झल्किन्छन भन्छौ तिमि
त्यहा हेरत पानी मा देखिन्नौ तिमी देखिन्छौ मैले गरेका प्रत्येक काममा जसमा यस्तो होइन यस्तो गर्नुस भनेर सम्झाउने तिमी छौ । आकृती त मेरा मनमा छन जुन आकृति तिम्रो कारण सदाबहार मेरा मुस्कान मा झल्किन्छन सजिन्छन रमाउछन ब्यर्थ भएर झर्दैनन ती कमल पुल बुढा भएर माटोमा मिले जस्तो म त माटो मै भएर पनि ती गुलाब फुल फुलाउन चहान्छु जहाँ तिमी कोपिला भएर फुल्छौ फकृन्छौ अनि झर्छौ त मेरै काखमा रम्छौ त मेरै साथमा । निरन्तर सदाबहार चलिरहन्छ प्रेम तिमी जहाँ म त्यही नहुदा समीप नरहदा पनि । ब्यर्थ कट्दैन ती दिन जति बेला मेरो मनमा तिमी सम्झन्छन् ।

म भन्दिन जीवन त कट्दैन तिमी बिना तर म भन्छु तिमी नहुदा होषै ले कट्छ तिमी हुदा बेहोसिको त्यो मातले जुन सदाबहार तिम्रै मताइ मायाको होस सम्मानको होस साथको होस यस्तै यस्तै बेहोसी मातको होस ।

आकाशको तारा अनि चन्द्रमा भन्दा परको आकाश जब म हेरि राख्छु मलाइ त्यस्तै डर लाग्छ जुन डर तिमी टाढा हुन खोज्दा लाग्ने गर्छ । अब आकाश तिर हेर्न झन डर लाग्छ । तिमी संग छुटिन अझ डर लाग्छ ।

रिस उठ्छ त्यो समान्य हो पशु लाई पनि उठ्छ त्यो त पशु नै हो । रिस पनि धेरै थोरै हुन्छ । त्यो थोरै रिस छ नि त्यो भन्दा थोरैको पनि थोरै रिस तिमी प्रती म मा नहोस । त्यहा मात्र भाब होस त्यहा रिसको सट्टा माया होस धेरै धेरै प्रेम होस । धेरै धेरै साथ होस । असिम र न्यानो घनिष्ठता होस ।

हामी सबै मान्छेको मनमा जो सुकै किन नहोस ईष्र्या त पक्कै लुकेको हुन्छ । त्यो ईष्र्या म मा लुक्न त म दिदिन तिमिमा नलुकोस म प्रती यहि कामना छ । त्यो लोभ नलुकोस कतै कसै गरि त्यही संकल्प भएरनै माया गरिन्छ मन साटिन्छ दुई आत्मा भित्र आस्था जगाइन्छ । म मा केही आरिसपन छैन तिमिलाइ , कोसिस गर तिमिमा पनि नहोस अरु कसैको लागि म बिपरित ।

असिम माया ।
उपाध्याय रोशन।



Wednesday, January 17, 2018

मुटु चिरिने प्रश्न एक कबिता मार्फत ।

   

                         शिर्षक :- प्रश्न केवल उनलाइ
झम झम गरेर झिम्किन्छ परेलि तिमिले दुखाउदा खेरि यो मन
ती नुनिला आँसु ओठमा गएर ठोकिन्छन जहाँ तिमिले चुम्बन गर्थेउ
आज यहि आँसु रक्सि भन्दा ज्यादा पिलाउन
के तिमिले चुम्बन गर्या हौ त ?

केही नबोली रफ्तार मा चल्छन तिम्रा ती याद
त्यही यादले लात्तले हान्छ मलाइ
 त्यो लात्ती यादाको भन्दा पनि
तिम्रो पैताला भन्दा माथिको खुट्टाका हुन्थे
 जहाँ पाउजु त मैले नै एक छाक टारी भोको पेटलाइ लात्ती हान्दै किनिदिएको थिए
 तिम्रो यहि लात्ती खान हो त आज मैले ?

मलाइ थाहा छ म अगाडि हिड्दा तिमी मेरो नजिक होइन नजिक भन्दा अलि पर हिड्थेउ
पछि नजिक भयौ हामी यति नजिक छुटिनै नसक्ने
आज त्यहि नजिक भन्दा धेरै टाढा गएछौ तिमी
त्यहि मलाइ लगाइदिएको बाला ले सोध्छ्न अचेल
म त पुरानो भए रोशन अब त बिर्सिदे मलाइ
म कसरी बिर्सौ तिमी अनि तिम्रो चिनुलाइ ??

रोशन सुन्नुस भनेर बोलाउदा हजुर भन्नुस कोहो भनेर भन्थे म
तर यसपल हुन्छन अरु मान्छे हुदैनौ तिमी हुन्छन तिम्रा नमिठा याद
के आज यहि छाती रेटिने सजाय पाउन
हजुर को हो भनेर भनेको हो त मैले ??


तिमिले आफ्नो कश्रिङ्गार पुसेर फ्याकेको त्यो रुमाल थियो नि
त्यो रुमाल मेरो प्रथम माया को चिनो
कति दुःख मान्यो त्यो रुमालले अझ त झन मनले
कहिल्यै देख्यौ त्यो रुमालमा घोपेको मेरो तिम्रो नाम
तिम्रो त्यही श्रिङ्गार्न मैले रुमाल दिएको हो त ??


आज त तिमिले उत्तर दिनुनै पर्छ अनि मैले पाउनु
के मैले तिम्रो माया नपाउन तिम्रो हर इच्छा पूरा गरिदिएको हो त ??
आफु मात्र दुखित भएर तिमिलाइ हसाउन
के मैले आफ्नो मुटु दिएको हो त ??
आज भन्नै पर्छ तिमिले

भन निर्दयि भन ।

Saturday, January 13, 2018

मुख नमिठो पार्दै भेज नै भइन आज उनी पनि ।

उ त्यहा हेर्नुस त त्यस लाई मोमो भन्छन मलाइ त्यो सार्है मन पर्छ आखिर म नेवार न परे । हजुर त उपाध्याय थाहा छैन कि भनेर भन्या त्यो बफ मोमो अनि सेकुवा ! हिमालय टाकिज टाइगर जिन्दा हे हेरि सके पछि उनका कुरा ले मलाइ केही असर परेको थिएन मेरो कानमा एयर फोन हातमा उसको हात अनि आखामा बेग्लै संसार ।

झनक्क रिसाउने उनका बानी थाहा पाहिन क्याहो ! एयर फोन को ह्याएर
चुडियो । गाना अफ । हजुर त सधै यस्तै के मतलब मेरो, म भने हजुरलाइ कति माया गर्छु हजुरलाइ चाहिँ वास्तै लाग्दैन म यहि हुदा नि पर भए जस्तो अझ अरु केटि पो जिस्काउनी ।

कस्तो क्या ! फोन गर्दा नि ह्येटिङ मात्र , कल अझ उठ्दैन । म द्वारा के अपुग छ हजुरलाइ । सबै कुरा त दिएकै छु , माया पनि त गर्छु धेरै हजुरलाइ । हजुर पनि गर्नु हुन्छ तर खै के बुज्नै गारो के माया भन्नू र त्यस्तो लाग्दैन मलाइ त ।

मासुमा त हजुर खसी अनि कुखुरा पनि नचल्नु पर्ने उपाध्याय ज्यु यो त चल्छ अनि किन मासु अरुचै घिनाउनु हुन्छ । सबै उस्तै त हो खाएपो मोटाइने ! हेर्नुस त लुताएर । मलाइ चै नरोक्नुस है खान दिनुस मलाइ मन पर्छ । उसले जे भने पनि अन्तिममा भेज मोमो नै खाइयो । मैले सबै कुरामा जित्नु स्वभाबिक नै हो । जुन कुरा उचित लाग्दैन गर्दिन थाहा भएरै होला मुख नमिठो पार्दै भेज नै भइन आज उनी पनि ।


उनको बोली स्वभाव अनि अनेक ब्यबहारले नेवारी पन झल्काए पनि उनी नेवारी जस्ती देखिन्न थिइन । एउटा छोरी मान्छे संग हुनु पर्ने सबै गुण उनमा छ तर मलाइ उपाध्याय नै केटि संग बिबहा गर्नु पर्छ, मलाइ यो मज्जाले थाहा थियो उनको मायामा मलाइ अपुग केही नहुदा पनि माया स्विकार नहुनुको कारण प्रस्ट यहि थियो । म यो कुरा भन्थे तर बुजेपो हुनु उनले ।


Sunday, January 7, 2018

चिया पिउनु ब्यर्थ छ तिम्रो नशा नलाग्दा तिमिलाइ समीप नपाउदा ।

अस्थायी कागजको पानामा जेल पेन प्रगोग गर्न मन थियो निर्धक काथ तर त्यसो भने गरिन ! छाप्न मन थियो उनको हृदयमा मेरो नाम तर पानामा छापिदा पाना र अक्षरले सराप्छ त्यसो गर्ने साहस जुटाउन सकिन । उनका नाममा कोरेका पत्र का पाना स्थायी हुन भनेर पेनटेक पेन युज गरे ।

प्रिय् तिमी संग म अन्जान छु । तिमिले संभवत मलाइ चिन्न प्रिय् नठान्न सक्छौ । म तिमी सामु प्रस्तुत नहुनु तिमिलाइ म अन्जान तुल्याउनु गल्ती को श्रेय म हु । सौगात मार्ग संग तिम्रो घनिष्ठ सम्बन्ध छ । त्यहका चौपाय धन्य तुलिन्छ जसमा तिम्रो पाउ पर्छ मेरो नजरमा ।

श्रोर्ह श्रिङ्गार्नु किन पर्छ र तिमी गोपिनिहरुको रानि राधा जस्ती ! ती अप्सरा लोभिने जिउडाल ! काला गाजल भित्रका लठ्ठै पार्ने तिब्र चल्ने नयन ! सरस्वती लोभिने ओठ ! म त एक मानव आरिस कृष्ण देब लाई त लाग्छ अनि मलाइ किन नहुनु ।

तीन बजेर पचपन्न मिनेट जादा म चिया पिउछु किनकी तिमी अपिस पछि मेरै समिपको चौपाय बाट कट्छौ । खासमा चिया एउटा निहु हो मलाइ तिम्रो नशा छ । चिया पिउनु ब्यर्थ छ तिम्रो नशा नलाग्दा तिमिलाइ समीप नपाउदा ।

बिचार गर्छौ भनी छक्क पर्छौ होला यो मान्छे सदैब यहि समय चिया पिउछ भनी । गर्दैनौ भनी यतिका भिडमा मेरो के अस्तित्व र । तर अस्तित्व छ प्रिय् मलाइ तिम्रो नाम थाहा छैन तर तिम्रो नाम अगाडि मेरो नाम जोड्ने यो स्थायी कल्पनाको त छ नि ।

तिमी प्रती लुकेका मेरा भावाना कागजको सानो टुक्रामा कोरि धेरै माया दर्साउन सकिन किनकी मेरो माया त्यसमा सिमित छैनन धेरै असिमित छन जसमा ती ठुला ठुला कागज पनि छोटा हुन्छन र प्रत्येक छोटा कागजको तुक्रामा पनि मेरा मायाका प्रत्येक शब्द यथावत रुपमा बेहिमानी बेहोसी अनि तिम्रो मायाका भोगी अनि स्वार्थी हुन्छन । धेरै कुरा छन तर त्यसको क्षेय तिमी मात्र तिमीलाई जान्छ ।

म त एक बेहोसी प्राणी तिमी प्रती सदाबहार बेहोस नै छु । म बेमतलबी छु आफैमा तर तिमी प्रती मतलबी छु । एक्लै छु म तर यो मन तिम्रो सदैब साथमा छ । म म द्वारा तिमी भित्रै छु तर तिमी द्वारा म आफै प्रती अन्जान छु ।

प्रिय् अब त ती चियाका कप पनि मैले नपिउदा भौतारिन्छन होलान जसरी म तिमिलाइ नदेख्दा भौतारिन्छु समिप नपाउदा मन दुख्छ मेरो त्यसरिनै म फेरि पनि तिम्रो नशामा चिया पिउन चहान्छु तिमी यहि चौपायमा हिडन ल ।

उहीँ तिम्रो मनमा बाँस पाउने चहाना मा !
म मौन हत्यारा रोशन ।

Friday, January 5, 2018

नयन नाम का मात्र नयन होइनन मनका बस्दा नि नबिजाउने एक सच्चा साथिका उदाहरण हुन ।

सधै उठ्ने भन्दा अबेरै आज म उठेको थिए । पानी परेझै शिर शिर हुस्सु का मसिना झोकाले मेरो लुगा चिसोको आनन्द लिइरहदा म दातमा लागेका कोलगेट का लेपन पानीमा पखाल्दै थिए, हुस्सु का झोका शरिरमा नपुगे पनि मुटु चिसोले कापी रहेको थियो ।

मलाइ रमाइलो पार्ने काम गर्दा मलाइ भन्दा अरुलाइ रमाइलो भएको देख्दा मन पनि रमाइ रहेको थियो । बिशेष काम हरियाली शहर इटहरी मा परेको हुदा बिराटनगरको काम केही पछि सारी म चिसोमा इटहरी तिर पाइला सारे ।

संयोग भनौ वा समय प्रती कृतज्ञता ब्यस्त गरौ । म एक जना मान्छे संग यस्तो नजिक हुन पुगे, जो यति कम समयमा मेरो मनमा छन । दिपेन्द्र चोकको सानो होटेल जसमा म आफ्नो भोक मेट्दै गर्दा उ संग भेटिन पुगे । उ नयन थिए ।

मेरो खास साथिको मिल्ने साथी भएरै होला हाम्रो मित्रताको पहिलो क्षेणी
हात मिलाएरै भयो । अङालो त मिल्ने साथिलाइ हालिन्छ मनमा हुनेलाइ हालिन्छ ! मलाइ यसमा माफ गर्देउ साथि मैले यस मार्फत तिमिलाइ पर देखाएको होइन ।

दिन भरी अनेकौ इटहरिको चौपाय धाउदै गयो । स्कुलमा १० क्लासको बिध्यार्थीलाइ परीक्षा लिनु मेरो काम थियो ! मेरो थियो जब सम्म नयन लाई भेटेको थिइन । भेटेसी त हाम्रो भयो ।

अहिले पनि याद छ त्यो अपाचे बाइक मा मलाइ लिन पुर्याउन गर्ने उनि । म कसरी धन्यवाद दिउ तिमिलाइ । म सधै तिमी प्रती आभारी रहन चहान्छु साथी ।

फर्किने समय अलि हाम्रो काममा ढिलो भयो साथि हरु निस्की सकेका थिए त्यहा बाट म भने एक्लै आहुनु पर्ने । नयन को सल्लाह अनुरुप केही नस्ता खाइयो खासमा त हामिले खाना खाएकै थिएनौ ।
गाडी चड्ने बेलामा छोड्न आए नयन ! मुरि मुरि धन्यवाद प्यारा ।

केही दिन पश्यात बिराटनगर मा प्रोग्राम थियो उनलाइ खबर भएता पनि पुर्ण खबर गर्न फोन गरे ! धुलै धुलो को शहर बिराटनगर आहुन त मन थिएन होला तर पनि मेरो आग्रह नकार्न सकेनन । यो एक सच्चा साथिको ठूलो भुमिका हो ।

साझमा जब घाम अस्ताही रहेको थियो महेन्द्र चोकको गल्लिको कुनामा बसेर उनलाइ फोन गरे । आहुन ५ मिनेट लाग्यो । पर्खिनु मेरो कर्तव्य थियो अनि उनको चहान ।

उसले जब मलाइ देखे देख्ने बित्तिकै मुस्कुराए ! मुस्कान भनेको मन प्रफुल्ल भएको बेला निस्कन्छ सायद उनमा त्यही उमङ भरिएको थियो होला ।

ह्याण्ड चेक पछि मैले उसलाइ हग गरे । त्यो क्षण हामी बाटो को बिचमा थियौ । मेरो चहानालाइ नर्कान नसकेर उनिले पनि साथ दिए । अफिस तर्फ बढ्यौ ।

साझमा एउटा पार्टी भयो जुन सर द्वारा थियो । सेल्फी खिच्यौ । किन उनले फेसबुकमा पोस्ट्याएनन त्यो उनलाइ नै थहा छ । केही विशेष काम हुदा म रेस्टुरेन्ट बाट साथी संग बाहिर निस्के मलाइ रुम जानू थियो । बाहिर सम्म छाड्ने आए उनी यो उनको महान्ता थियो ।

रुम आएर मैले सानो म्यासेज गरे :- I arrived dear... plz inform other dear n sir too !
केही बेर पश्यात उनको फोन आयो म पनि रुम पुग्न लागे । उनी आज बिराटनगरमै बसे । मैले उनलाइ म संग जाउ नि भन्न भुलेछु त्यो म द्वारा गरिएको गल्ती थियो । भोलि कलेजमा भेटौ है भनी फोन मार्फत कुरा भयो ।

तर बिहान कलेज मा उनी आएनन आयो त म्यासेज जसमा लेखिएको थियो :- Sathi ma Ghar Gaye hai.. Sorry bhetnu payina.. Office pugnu parne thyo । म धेरै खुशी भए त्यसपल उनले पनि मलाइ घनिष्ठ सोच्दा रहेछन भन्ने फिल भयो मन प्रफुल्ल भयो । धेरै खुशी भए म । म भन्दा पनि मन अझै खुशि ।

हाम्रो आज पनि कुरा भयो । केही कोर्न मन लाग्यो उनका बारेमा मेरा ब्लगका भिट्टा उनको फोटो टास्न मन लाग्यो । धेरै धेरै सम्झना प्यारे असिम माया ।

फेरि पनि भेट होस ! धेरै समय बिताउन पाहियोस । यहि छ कामना लप यु अ मच ।

तिम्रो साथी म रोशन ढकाल उपाध्याय ।

नपल्टिएको पानामा आएका जुनु जि का प्रश्नका उत्तर एड्मिन आफै दिदै ।

एउटा केटी ले एउटा केटा लाई असादै माया गर्छे त्यति माया कि जुन एउटा साचो पेर्म मा मात्र हुन्छ
कुनै समय मा केटा ले नि त्यो केटी लाई माया गरेको थियो
तर पछि खै केही कारण ले केटा केटी देखि टा ढा भयो
तर केटी को माया भने एकोहोरो र झन गहिरो हुन पुग्यो समय बितदै गयो केटा सग केटी को पुन सम्पक भयो
कुरा कानी हुन थाल्यो केटी ले आफ्नो मन को कुरा केटा मझ राखदा केटा सिरिफ आस्बास्न मात्र दिने गर्छ
उ उस्को माया न त सुइकार छ न त धिकार छ
अब हजुर हरु भनुस त्यो केटी ले जीवन भर उसको पर्तिछा गरोस
या उस्लाइ बिर्सिएर नया तरि का ले जिन्दग्गी जियोस
आफ्नो बिचार राखी दिनु होला।।
धन्यवाद ।


जुन जि बाट आएको कोइसन माथी उहाकै शैलिमा छन र तलका मेरा सुझाव म रोशन कै शैलिमा ।



माया चिजै यस्तै हो जसलाइ नगरौ भनो उसकै लाग्छ । अब त बिर्सिन्छु भन्दा त झन कति धेरै सम्झना आहुछ ! कति खेर एसमेस वा कल आहुछ भनेर कौतुलता झन बढ्छ ।
हजुरको कुरामा दुइवटा चिज छ उसलाइ पर्खी बसौ वा अगाडि बढौ ??
हुनसक्छ केटाको पनि केही बिबस्ता हुन सक्छ त्यो हजुरले बुज्नु पर्ने हो । उसको मन फेरिन्छ फेरिदैन वा हजुरलाइ माया पो गर्छ कि गर्दैन । त्यो
यतिका बर्ष त पर्खिनु भयो भनी कुनै दिन उसले मनको कुरा भन्न पनि सक्छ ! त्यसमा हुन पनि सक्छ म माया गर्छु तिमिलाइ ।
समय लामो छ छोटकरी मा माया एस र नो को उत्तर मा सिमित पाहुनु मुर्खाइ पनि हुन सक्छ ।
केहि कुरा अझै नमिलेको पनि हुन सक्छ । कुनै कुरा हजुरले लुकाउन पनि सक्नु भाको हुन सक्छ । यो प्रस्ट रुपले सोच्नु । उ संग बोलेको बेला माया गर्छु मात्र भनेर झल्काउनु पो हुन्न कि ?? दिनमा एउटा कल माया गर्ने मान्छे ले गर्दा मन खुशी हुन्छ । हजुरले त्यो पो गर्नु भएन कि ?? हजुर माया गर्ने मान्छे माया एकैछिन लाई हेरेर पनि हुन्न धेरै कुरा सोच्न समय लाग्छ । यो यस बिषयमा एउटा छोरा मान्छेलाइ उत्तर दिन अलि कठिन पर्छ ।
माया ले जिन्दगी चल्छ र यस्तो महङ्गो दुनियामा पहिला त छोरा मान्छे आफ्नो खुट्टामा उभिन्न सक्ने भएसी नि जीवन साथी रोज्छ । हजुरले यति माया गर्नु उसलाइ नि चहान हुन्न माया कसैले नगरोस भन्ने ! के थहा सबै कुरा समेटेर त्यो अटेरी मनले हजुरलाइ पनि समेट्छ कि ।

(गलत नलिनुस मेरो कुरा । यसमा छोरा मान्छेको मात्र बढुका कुरा छ भनेर जुनु जि । तर तपाइको कोइसन छोरा मान्छेलाइ नै आएको थियो )

Tuesday, January 2, 2018

रोशन जि लाई आदित्य जि ले मनै बाट धन्यवाद ।

बिराटनगर आहि पुग्दा करिब १२ बजेको थियो तर पुषको महिना हुस्सु अलि धेरै लाग्ने शिर शिर चल्ने हावाले मेरो विन चिटर भित्रको शरीर पनि कापी रहेको थियो । भनौ धेरै चिसो हुन्छ यो महिनामा बिराटनगर शहर ।
पानि पर्दा पानीनै पानी नपर्दा धुलो नै धुलो हामी बिराटनगर वासिलाइ कहिले नि शान्ती हुन्न । शान्ती तब हुन्छ जब रुम पुगेर माक्स खोलेर एयर फिल्टर खोली सोफा मा जिउ को बोज बोकाइ लमतन्न परिन्छ अझ मज्जा त त्यस फल कफि पिउदा आहुछ ।
हातका औलाका पैतला मेरो मोबाइलको शुरुमा टुइटर मै पुग्यो । एकैछिन चलाए । फेसबुक खोलियो निउज फिड सबै अनैकौ प्रबिधिका फोटा ले भरिएको हेरे । अफ गरे वाइफाइ । निदाइ हालेछु ।
टिङ टिङ नोटिफिकेसन आयो । झसंङ भएर हेरे हेर्दा धेरै पल्ट फोन आएको रैछ । फोन १२ मा पढ्दाको पुरानो साथी आदित्य जि को रैछ अनि साथमा म्यासेज । एउटा प्रोबलम छ रोशन जि इमेल चेक गर्नुस त ।

इमेल खोले :-

प्रिय् साथी

तिमी संग भेटघाट नभएको धेरै दिन भयो । कामको ब्यस्तताको कारण तिमिले फेसबुकको म्यासेज हेर्न भ्याएनौ रैछ । त्यसमा मलाइ केही दुखेसो छैन । आज इमेल मार्फत सम्पुर्ण कुरा भन्न बाध्य भए । पढ्नुस है ।
रोशन जि करिब हजुरलाइ सायद थाहा छैन होला । करिब २ बर्ष देखि म एउटा स्त्रीको मायामा परेको छु । उनिमा मेरो धेरै माया छ तर थाहा छैन उनमा छ छैन । धेरै पल्ट फेसबुकमा बोलचाल भै नै रहेको छ । फोनमा कहिले काहीँ कुरा हुन्छ । उनि हालचाल काठमाडौ मा बस्दै आहि रहेकी छिन । म पनि यतै छु । कहिले काहीँ बाटो मा भेट हुन्छ । निकै माया लाग्छ देख्ने बित्तिकै । तर फेसटुफेस बोल्न पाएको छैन । म मेसेज मार्फत पनि बोल्न मनका कुरा खोल्न सक्दिन उनको ध्यान म तिर तान्न सक्दिन । एकदमै सरल र सुशील स्वभाबकि छिन ।मलाइ उनी को खाचो छ रोशन जि मलाइ उनी पाउन के सल्लाह दिन चहानु हुन्छ ? कस्तो पाहिला चाल्न उचित होला भन्दिनुस न ।
हजुरको इमेल पाहुन अतिनै लालाहित छु ।
आदित्य ।

प्यारे ब्यस्तता भन्दा पनि फेसबुक त्यति चलाउन रहर लाग्दैन । काम त त्यस्तै हो नगरी धर पाहिन्न । परिवार पनि हेर्नै पर्यो । सबै कुरा समेट्दा पनि कति कुरा छाडिन्छ त्यसको लागि म लाई क्षमा गरिदिनुस ।मेरो मनमा तिमी सदाबहार रहन्छौ म संग नरिसाउ म सधै तिम्रो नजिक नरहे पनि कल्पनामा समीप हुनेछु ।
मैले सबै कुरा पढे हुनत म के सजेसन दिन सक्छु होला र तर पनि प्रयास गर्नेछु । मेरो कुरा ले कार्य गर्ला नगर्ला तर पनि म केही ओखती प्रदान गर्नेछु ।
प्यारे माया भनेको एउटा हृदय बाट अर्को हृदयमा कुनै केही सामानको सहायता बिना प्रवाह हुन्छ जुन मात्र एउटा संग हुन्छ निरन्तर हुन्छ जुनि जुनि हुन्छ । हजुरले उसलाइ माया गर्नु हुन्छ यो एक पल्ट सबैमा हुन्छ माया साच्चै मायामै हुन्छ यसको व्याख्या अनगन्ति छ ।
सुरुमा त मज्जाले बोल्नुस धेरै कुरा गर्नुस मनमा लागेका कुरा नोट गर्नुस अनि म्यासेजमा नत्र कलमा त्यही हेरेर भन्नुस । भेटेको बेला बोल्नुस । आफुलाइ उनमा चिनाउनुस । राती अबेर सम्म बोल्नुस धेरै वास्ता गर्नुस । आफ्नो सबै कुरा शेयर गर्नुस । राम्रो राम्रो पल सुनाउनुस । एक्दमै निकटको सम्बन्ध झक्लाउनुस । दिनमा पनि टाइम दिनुस । उनी बिना अब समय नै कटाउन गारो लाग्छ भन्नुस ।साथिको नाताले सुरुमा क्याफे जानुस । आखामा आखा जोडेर कुरा गर्नुस यसले प्रेम अलि गाडा हुन्छ । धेरै दिनको सम्बन्ध पछि कुनै दिन मिलाएर प्रस्ताब राख्नुस । उत्तर थोरै माया मा होइन लाग्छ वा लाग्दैन मा मात्र राख्नुस। समय दिनुस ।
पक्कै पनि माया स्वीकारिय हुनेछ साथी ।
तपाईं प्रयत्न गर्नुस अवस्य सफल हुनुहुनेछ ।
म इमेलको प्रतिक्षामा हुनेछु ।
मिस यु डियर ।
लप यु ।
मौन हत्यारा रोशन ।


(पछि इमेेेल आयो धेरै धेरै धन्यवाद रोशन