Saturday, January 13, 2018

मुख नमिठो पार्दै भेज नै भइन आज उनी पनि ।

उ त्यहा हेर्नुस त त्यस लाई मोमो भन्छन मलाइ त्यो सार्है मन पर्छ आखिर म नेवार न परे । हजुर त उपाध्याय थाहा छैन कि भनेर भन्या त्यो बफ मोमो अनि सेकुवा ! हिमालय टाकिज टाइगर जिन्दा हे हेरि सके पछि उनका कुरा ले मलाइ केही असर परेको थिएन मेरो कानमा एयर फोन हातमा उसको हात अनि आखामा बेग्लै संसार ।

झनक्क रिसाउने उनका बानी थाहा पाहिन क्याहो ! एयर फोन को ह्याएर
चुडियो । गाना अफ । हजुर त सधै यस्तै के मतलब मेरो, म भने हजुरलाइ कति माया गर्छु हजुरलाइ चाहिँ वास्तै लाग्दैन म यहि हुदा नि पर भए जस्तो अझ अरु केटि पो जिस्काउनी ।

कस्तो क्या ! फोन गर्दा नि ह्येटिङ मात्र , कल अझ उठ्दैन । म द्वारा के अपुग छ हजुरलाइ । सबै कुरा त दिएकै छु , माया पनि त गर्छु धेरै हजुरलाइ । हजुर पनि गर्नु हुन्छ तर खै के बुज्नै गारो के माया भन्नू र त्यस्तो लाग्दैन मलाइ त ।

मासुमा त हजुर खसी अनि कुखुरा पनि नचल्नु पर्ने उपाध्याय ज्यु यो त चल्छ अनि किन मासु अरुचै घिनाउनु हुन्छ । सबै उस्तै त हो खाएपो मोटाइने ! हेर्नुस त लुताएर । मलाइ चै नरोक्नुस है खान दिनुस मलाइ मन पर्छ । उसले जे भने पनि अन्तिममा भेज मोमो नै खाइयो । मैले सबै कुरामा जित्नु स्वभाबिक नै हो । जुन कुरा उचित लाग्दैन गर्दिन थाहा भएरै होला मुख नमिठो पार्दै भेज नै भइन आज उनी पनि ।


उनको बोली स्वभाव अनि अनेक ब्यबहारले नेवारी पन झल्काए पनि उनी नेवारी जस्ती देखिन्न थिइन । एउटा छोरी मान्छे संग हुनु पर्ने सबै गुण उनमा छ तर मलाइ उपाध्याय नै केटि संग बिबहा गर्नु पर्छ, मलाइ यो मज्जाले थाहा थियो उनको मायामा मलाइ अपुग केही नहुदा पनि माया स्विकार नहुनुको कारण प्रस्ट यहि थियो । म यो कुरा भन्थे तर बुजेपो हुनु उनले ।


No comments:

Post a Comment