Tuesday, January 2, 2018

रोशन जि लाई आदित्य जि ले मनै बाट धन्यवाद ।

बिराटनगर आहि पुग्दा करिब १२ बजेको थियो तर पुषको महिना हुस्सु अलि धेरै लाग्ने शिर शिर चल्ने हावाले मेरो विन चिटर भित्रको शरीर पनि कापी रहेको थियो । भनौ धेरै चिसो हुन्छ यो महिनामा बिराटनगर शहर ।
पानि पर्दा पानीनै पानी नपर्दा धुलो नै धुलो हामी बिराटनगर वासिलाइ कहिले नि शान्ती हुन्न । शान्ती तब हुन्छ जब रुम पुगेर माक्स खोलेर एयर फिल्टर खोली सोफा मा जिउ को बोज बोकाइ लमतन्न परिन्छ अझ मज्जा त त्यस फल कफि पिउदा आहुछ ।
हातका औलाका पैतला मेरो मोबाइलको शुरुमा टुइटर मै पुग्यो । एकैछिन चलाए । फेसबुक खोलियो निउज फिड सबै अनैकौ प्रबिधिका फोटा ले भरिएको हेरे । अफ गरे वाइफाइ । निदाइ हालेछु ।
टिङ टिङ नोटिफिकेसन आयो । झसंङ भएर हेरे हेर्दा धेरै पल्ट फोन आएको रैछ । फोन १२ मा पढ्दाको पुरानो साथी आदित्य जि को रैछ अनि साथमा म्यासेज । एउटा प्रोबलम छ रोशन जि इमेल चेक गर्नुस त ।

इमेल खोले :-

प्रिय् साथी

तिमी संग भेटघाट नभएको धेरै दिन भयो । कामको ब्यस्तताको कारण तिमिले फेसबुकको म्यासेज हेर्न भ्याएनौ रैछ । त्यसमा मलाइ केही दुखेसो छैन । आज इमेल मार्फत सम्पुर्ण कुरा भन्न बाध्य भए । पढ्नुस है ।
रोशन जि करिब हजुरलाइ सायद थाहा छैन होला । करिब २ बर्ष देखि म एउटा स्त्रीको मायामा परेको छु । उनिमा मेरो धेरै माया छ तर थाहा छैन उनमा छ छैन । धेरै पल्ट फेसबुकमा बोलचाल भै नै रहेको छ । फोनमा कहिले काहीँ कुरा हुन्छ । उनि हालचाल काठमाडौ मा बस्दै आहि रहेकी छिन । म पनि यतै छु । कहिले काहीँ बाटो मा भेट हुन्छ । निकै माया लाग्छ देख्ने बित्तिकै । तर फेसटुफेस बोल्न पाएको छैन । म मेसेज मार्फत पनि बोल्न मनका कुरा खोल्न सक्दिन उनको ध्यान म तिर तान्न सक्दिन । एकदमै सरल र सुशील स्वभाबकि छिन ।मलाइ उनी को खाचो छ रोशन जि मलाइ उनी पाउन के सल्लाह दिन चहानु हुन्छ ? कस्तो पाहिला चाल्न उचित होला भन्दिनुस न ।
हजुरको इमेल पाहुन अतिनै लालाहित छु ।
आदित्य ।

प्यारे ब्यस्तता भन्दा पनि फेसबुक त्यति चलाउन रहर लाग्दैन । काम त त्यस्तै हो नगरी धर पाहिन्न । परिवार पनि हेर्नै पर्यो । सबै कुरा समेट्दा पनि कति कुरा छाडिन्छ त्यसको लागि म लाई क्षमा गरिदिनुस ।मेरो मनमा तिमी सदाबहार रहन्छौ म संग नरिसाउ म सधै तिम्रो नजिक नरहे पनि कल्पनामा समीप हुनेछु ।
मैले सबै कुरा पढे हुनत म के सजेसन दिन सक्छु होला र तर पनि प्रयास गर्नेछु । मेरो कुरा ले कार्य गर्ला नगर्ला तर पनि म केही ओखती प्रदान गर्नेछु ।
प्यारे माया भनेको एउटा हृदय बाट अर्को हृदयमा कुनै केही सामानको सहायता बिना प्रवाह हुन्छ जुन मात्र एउटा संग हुन्छ निरन्तर हुन्छ जुनि जुनि हुन्छ । हजुरले उसलाइ माया गर्नु हुन्छ यो एक पल्ट सबैमा हुन्छ माया साच्चै मायामै हुन्छ यसको व्याख्या अनगन्ति छ ।
सुरुमा त मज्जाले बोल्नुस धेरै कुरा गर्नुस मनमा लागेका कुरा नोट गर्नुस अनि म्यासेजमा नत्र कलमा त्यही हेरेर भन्नुस । भेटेको बेला बोल्नुस । आफुलाइ उनमा चिनाउनुस । राती अबेर सम्म बोल्नुस धेरै वास्ता गर्नुस । आफ्नो सबै कुरा शेयर गर्नुस । राम्रो राम्रो पल सुनाउनुस । एक्दमै निकटको सम्बन्ध झक्लाउनुस । दिनमा पनि टाइम दिनुस । उनी बिना अब समय नै कटाउन गारो लाग्छ भन्नुस ।साथिको नाताले सुरुमा क्याफे जानुस । आखामा आखा जोडेर कुरा गर्नुस यसले प्रेम अलि गाडा हुन्छ । धेरै दिनको सम्बन्ध पछि कुनै दिन मिलाएर प्रस्ताब राख्नुस । उत्तर थोरै माया मा होइन लाग्छ वा लाग्दैन मा मात्र राख्नुस। समय दिनुस ।
पक्कै पनि माया स्वीकारिय हुनेछ साथी ।
तपाईं प्रयत्न गर्नुस अवस्य सफल हुनुहुनेछ ।
म इमेलको प्रतिक्षामा हुनेछु ।
मिस यु डियर ।
लप यु ।
मौन हत्यारा रोशन ।


(पछि इमेेेल आयो धेरै धेरै धन्यवाद रोशन 

No comments:

Post a Comment