Friday, January 5, 2018

नयन नाम का मात्र नयन होइनन मनका बस्दा नि नबिजाउने एक सच्चा साथिका उदाहरण हुन ।

सधै उठ्ने भन्दा अबेरै आज म उठेको थिए । पानी परेझै शिर शिर हुस्सु का मसिना झोकाले मेरो लुगा चिसोको आनन्द लिइरहदा म दातमा लागेका कोलगेट का लेपन पानीमा पखाल्दै थिए, हुस्सु का झोका शरिरमा नपुगे पनि मुटु चिसोले कापी रहेको थियो ।

मलाइ रमाइलो पार्ने काम गर्दा मलाइ भन्दा अरुलाइ रमाइलो भएको देख्दा मन पनि रमाइ रहेको थियो । बिशेष काम हरियाली शहर इटहरी मा परेको हुदा बिराटनगरको काम केही पछि सारी म चिसोमा इटहरी तिर पाइला सारे ।

संयोग भनौ वा समय प्रती कृतज्ञता ब्यस्त गरौ । म एक जना मान्छे संग यस्तो नजिक हुन पुगे, जो यति कम समयमा मेरो मनमा छन । दिपेन्द्र चोकको सानो होटेल जसमा म आफ्नो भोक मेट्दै गर्दा उ संग भेटिन पुगे । उ नयन थिए ।

मेरो खास साथिको मिल्ने साथी भएरै होला हाम्रो मित्रताको पहिलो क्षेणी
हात मिलाएरै भयो । अङालो त मिल्ने साथिलाइ हालिन्छ मनमा हुनेलाइ हालिन्छ ! मलाइ यसमा माफ गर्देउ साथि मैले यस मार्फत तिमिलाइ पर देखाएको होइन ।

दिन भरी अनेकौ इटहरिको चौपाय धाउदै गयो । स्कुलमा १० क्लासको बिध्यार्थीलाइ परीक्षा लिनु मेरो काम थियो ! मेरो थियो जब सम्म नयन लाई भेटेको थिइन । भेटेसी त हाम्रो भयो ।

अहिले पनि याद छ त्यो अपाचे बाइक मा मलाइ लिन पुर्याउन गर्ने उनि । म कसरी धन्यवाद दिउ तिमिलाइ । म सधै तिमी प्रती आभारी रहन चहान्छु साथी ।

फर्किने समय अलि हाम्रो काममा ढिलो भयो साथि हरु निस्की सकेका थिए त्यहा बाट म भने एक्लै आहुनु पर्ने । नयन को सल्लाह अनुरुप केही नस्ता खाइयो खासमा त हामिले खाना खाएकै थिएनौ ।
गाडी चड्ने बेलामा छोड्न आए नयन ! मुरि मुरि धन्यवाद प्यारा ।

केही दिन पश्यात बिराटनगर मा प्रोग्राम थियो उनलाइ खबर भएता पनि पुर्ण खबर गर्न फोन गरे ! धुलै धुलो को शहर बिराटनगर आहुन त मन थिएन होला तर पनि मेरो आग्रह नकार्न सकेनन । यो एक सच्चा साथिको ठूलो भुमिका हो ।

साझमा जब घाम अस्ताही रहेको थियो महेन्द्र चोकको गल्लिको कुनामा बसेर उनलाइ फोन गरे । आहुन ५ मिनेट लाग्यो । पर्खिनु मेरो कर्तव्य थियो अनि उनको चहान ।

उसले जब मलाइ देखे देख्ने बित्तिकै मुस्कुराए ! मुस्कान भनेको मन प्रफुल्ल भएको बेला निस्कन्छ सायद उनमा त्यही उमङ भरिएको थियो होला ।

ह्याण्ड चेक पछि मैले उसलाइ हग गरे । त्यो क्षण हामी बाटो को बिचमा थियौ । मेरो चहानालाइ नर्कान नसकेर उनिले पनि साथ दिए । अफिस तर्फ बढ्यौ ।

साझमा एउटा पार्टी भयो जुन सर द्वारा थियो । सेल्फी खिच्यौ । किन उनले फेसबुकमा पोस्ट्याएनन त्यो उनलाइ नै थहा छ । केही विशेष काम हुदा म रेस्टुरेन्ट बाट साथी संग बाहिर निस्के मलाइ रुम जानू थियो । बाहिर सम्म छाड्ने आए उनी यो उनको महान्ता थियो ।

रुम आएर मैले सानो म्यासेज गरे :- I arrived dear... plz inform other dear n sir too !
केही बेर पश्यात उनको फोन आयो म पनि रुम पुग्न लागे । उनी आज बिराटनगरमै बसे । मैले उनलाइ म संग जाउ नि भन्न भुलेछु त्यो म द्वारा गरिएको गल्ती थियो । भोलि कलेजमा भेटौ है भनी फोन मार्फत कुरा भयो ।

तर बिहान कलेज मा उनी आएनन आयो त म्यासेज जसमा लेखिएको थियो :- Sathi ma Ghar Gaye hai.. Sorry bhetnu payina.. Office pugnu parne thyo । म धेरै खुशी भए त्यसपल उनले पनि मलाइ घनिष्ठ सोच्दा रहेछन भन्ने फिल भयो मन प्रफुल्ल भयो । धेरै खुशी भए म । म भन्दा पनि मन अझै खुशि ।

हाम्रो आज पनि कुरा भयो । केही कोर्न मन लाग्यो उनका बारेमा मेरा ब्लगका भिट्टा उनको फोटो टास्न मन लाग्यो । धेरै धेरै सम्झना प्यारे असिम माया ।

फेरि पनि भेट होस ! धेरै समय बिताउन पाहियोस । यहि छ कामना लप यु अ मच ।

तिम्रो साथी म रोशन ढकाल उपाध्याय ।

4 comments:

  1. यो सत्यसित आधारित होला तर एक साहित्यकारले मनमनै सोचेर लेखेझै सारै राम्रो अनि शब्द पनि उस्तै सुहाउँदा लगाएको रहेछस धेरै मात्र नभएर औधि खुशी लाग्यो। शुरूवात यस्तैबाट हुन्छ छोरा यसरी नै सफलतालाई अंगाल्दै अघि बढनु। बधाई छ साथै शुभकामना पनि

    ReplyDelete
    Replies
    1. हजुर हुनुहुन्छ नि त सिकाउने । हस धेरै धेरै धन्यवाद काकु

      Delete