Sunday, July 22, 2018

मायाको गल्ती देखिए पनि मायामा देखिदैन ।

बिशेष त मैले भोगेको भन्दा पनि पढेको, देखेको, र साथि हरुको स्वभाव बदलिएको भावाना बाट थाहा पाएको महशुस गरेको कुरा हो । हजुर आफै बिचार गर्नुस है ! एक जोडि पुरै माया मा पागल छन, ती जोडिले ले एक अर्कालाइ अतिनै बिश्वास गर्छन बिश्वास नै भरमा बाचेका, हृदय देखिनै माया साटेका हुन्छन । ती दुबै मद्धे एकको कुनै कारणवस गल्ती भयो जुन र अर्कोलाइ केही समय पश्यात थाहा भयो । एक रिसाउन थाल्यो अर्को संग । यो सत्य पनि थियो एक ले गल्ती गरेकै छ तर उ रोइ कराइ गर्छ मैले गरेकै होइन, त्यसमा मेरो गल्ती छैन, यस्तो कुरा हुँदै होइन भनेर उल्टै रिसाउन थाल्यो भने त्यो माया गर्ने मान्छेले उसलाइ नै बिश्वास गर्छ र उसको गल्ती छैन नै भन्ने सोच्छ । जोसुकैले जे भन्दा पनि हजारौ भिडले गल्ती देखाए पनि उ एक्लै उब्बिएर भन्छ होइन यस्को गल्ती छैन । यो यहि हो साचो माया, निश्चल प्रेम । यो बिश्वास भनेको बिश्वब्यापी नै छ । यसलाइ नतोड्नुस बरु अझै मजबुत बनाउनुस । बरु टाढा हुनुस छल कपट गर्ने बाट, बरु सम्झाउनुस आफ्नो मान्छे लाई भनी हाल्नुस गल्ती भयो भनी बिश्वास कहिले नि छुट्दैन यो त माया संगै अमर छ । म रोशन ढकाल उपाध्याय ।