Friday, March 2, 2018

पोचा लगाउने माग्ने को प्रेम कथा ।

प्रकाशी ! उनको नाममानै तेज पन झल्किन्छ ! सुन्दरता सुन्दर हुन डराएर शुन्य हुन्छ जब उसले प्रकाशिको स्पर्श गर्न पाहुछ । हावा लठ्ठ हुन्छ जब उनका कपालमा हावाका प्रत्येक झोका गएर ठोकिन्छन । उनको सारा कलेज ले तारिफ गर्थियो त्यसमा म पनि पर्थिए उनको सौन्दर्य लाइ मन पराउने । यस्तो लाग्छ भगवान ले उनलाइ फुर्सदमै बनाए तर धेरै मिहेनत गरेर बनाए । कमै हुन्छन यी सब तारिफ मुसुक्क मुस्कुराउने मुस्कान लठ्ठै पार्छ मलाइ । 


 उनी प्रतीका मेरा आरिसपन बेकार छन पानी मा गुच्चा फ्याल्नु सरह , मेरो दिललाइ मात्र थरथर कमाउने उनमा केही फरक नै नपार्ने । फरक पारोस पनि कसरी म एक त्यही कलेजमा पोचा लगाउने माग्ने न थिए । मेरो कुरा कसले सुनी दिने र मेरो त के हैसियत छ र, झन प्रकाशीको त कुरै छाडौ धनाड्य कि एकलि छोरी उनि प्रकाशी राज्य लक्ष्मी ।


 उनी संग कुरा गर्न म एक एक मौका खोज्थिए तर हरेक पल असफल नै हुन्थे । कारण त्यही हो म पनि यदि कलेज पढ्थे भनी कोहि खातेलाइ किन बाल दिन्थे होला र ।


 करिब पाच महिना सम्म उनको अगाडि आउन खोज्दा पाच महिना पाच दिन पछि साझको पाच बजे नै म कलेज को बरेन्डा पुस्दा पुस्दै चिप्लेर लडे उता बाट एकल नारिको हासो गुन्जियो उनी प्रकाशी थिइन । बल्ल बल्ल उठे । मैले शिर लाजले माथी उठाउनै सकिन जब उठाए उनिलाइ देख्नै सकिन । प्रकाशी गहिछिन । 


 राती सुत्न मलाइ अबेरै भयो उनको हासो कानमा सिरिङ सिरिङ गुन्जिएर । कलेज तलै मेरो सानो कोठो थियो म त्यही बसेर गुजारा चलाउथे । आज प्रकाशी बाबा संगै घर जाने कुरा चाल पाए । उनको बाबा उनी पढ्ने कलेज कै प्राध्यापक र म उहाकै नोकर । उनी मोबाइल मै ब्यस्त रैछिन उनकै बाबाको अपिस मा म पोचा लाउन भनी गए । 


 अस्ति को जस्तै चिप्लेलाउ बिस्तारै गर उनले यति मात्र भन्दा सारा संसार आफ्नै झै लाग्यो । म मौन बसे मात्र हुन्छ भने । प्रकाशिले पनि मेरो ख्याल राख्दी रैछिन झै लाग्यो । मलाइ भगवान ले सारा कुरा ठगे पनि बोलिचाली एक्दमै आकर्षित बनाइदिनु भयो त्यसैले उनी पनि मेरो साथी झै गरि बोल्न थालिन । 


 बाबा आहुन नभ्याउने खबर जब उनले पाहिन उनी अलि रिसाए जस्तै गरिन । मैले भने प्रकाशी जि के म हजुरलाइ पुर्याइदिम ? उनले सिधै भनिन के कार छ र तिम्रो ?? फिस्स मुस्कान छाडेर भने हिडेर जानुको मज्जा कार मा चढ्ने लाई के थाहा ?? एकै छिन को कुरा पछि मैले उनलाइ घर सम्म छाडिदिए त्यसपल ठिक्क उनको बाबा नि घर आहिपुग्नु भयो ! मलाइ सदैब राम्रै सोच्नु हुन्थ्यो उहाले । 



 प्रकाशिले बाबा उसलाइ पनि अलि राम्रो काम खोजिदिनु भनेर कर गरिन ! हेर्नुस त बिचारा यो उमेर मा पनि पोचा लाउछ कसैले ?? यो सुन्दा मनै प्रफुल भयो । सर ले भन्नू भयो गाडी चलाउन आहुछ ?? मैले अह आहुदैन भने ! उहाकै सल्लाह मा कमाएको अलिकती पैसाले ड्राइभिङ सिके । सोर्स फोर्स उहाकै लाइसेन्स पनि निकिस्यो करिब दुई महिनाको अन्तराल मा । म प्राध्यापक कै गाडी चलाउन उहालाइ ल्याउने पुर्याउने गर्न थाले । 


 मेरो लाइफ स्टाइल पहिलाको भन्दा अलि रमझम हुन थाल्यो । कहिले नि भन्नु भएन सर ले त ड्राइभरकै लुगा लगा भनेर । म ड्राइभर भन्दा पनि सरको भाइ जस्तै भएर बस्न थाले । राम्रो रुम लिए । कार सधै बेलुका कोठा नै लग्थे ! मान्छे ले पनि मेरै कार हो भन्थे होला । 



 अब त प्रकाशी संग मेरो फोन मै कुरा हुन थाल्यो । सामसुङ को फस्ट टच फोन योङ किने त्यो पनि उनकै च्वाइसमा । अहिले पनि भन्छिन उनी मैले तिमिलाइ यस्तो बनाए तर तिमी मलाइ अझै पनि तपाईं भनेर म ठुली बर्ग तिमी सानू बर्ग को नबनाउ न । हुन्छ भने बानी लागेको छुटाउनै गाह्रो भयो पछि सजिलै संग बोलचाल भयो ।


 उनी प्राय सपनामा रमाउने मान्छे मेरो त सपना नै केही थिएन जिन्दगी जसरी पनि चलोस भन्ने चहान्थे । पछि मलाइ सरले ड्राइभर बाट बिस्तारै अलि ठुलै पोस्ट मा राखिदिनु भयो । मलाइ अब जिन्दगी जिउन सरल अनि मज्जा हुन थाल्यो , गोजिमा पैसाको कमि भएन । फेसनेबल ड्रेस लगाउन मन लाग्न थाल्यो । मेरो सबै रोजाइ बद्लियो तर मन बद्लिएन जसरी पहिला प्रकाशिलाइ मन पराउथे त्यसरी नै मन पराइ रहेको थिए एकोहोरो । उनको मनमा त सायद छैन होला म । 



 एकदिन प्रकाशी संग टेम्पेटेसन रेस्टुराँ गए । उनी पहिला भन्दा मलाइ ज्यादै सम्मान दिन थालेकी थिइन । हामी धेरै नजिक भही सकेका थियौ नजानी भनौ वा जानी जानी । उनी पेय पदार्थ पिउदा झ्याप हुने गरि पिउथिन म भने चुरोट कै नशा मा रमाउथे । धेरै नै पिइन उनले । गाडी सम्म बोकेरै ल्याउनु पर्यो । नशा मा बोलेको कुरा सत्य हुन्छ वा झुटो त्यो मलाइ थाहा थिएन उनले मलाइ आइ लप यु फ्रम द फस्ट डे भनेर चुम्बन गरिन ।



 मैले केही नबोली उनलाइ घर ड्रप गरिदिए । कोठामा पुगेर सोचे ज्यादै खुशी भयो मन यति खुशि म महसुस नै गर्न सक्दिन । बत्ती सधै अन गरेर निदाउथे अज बन्द गरे । मलाइ उनी संग रंगिन सपना देख्नु थियो । तर अन्तिम मा मनमा कौतुहलता बढ्यो उनी त नशामा थिइन नशामा हुदा खै के बोलिन्छ यादै हुन्न जस्तो लाग्यो । निराश अन्तिममा ।



 भोलि बिहानी म्यासेज आहिरहेको रहेछ मोबाइलमा लेखिएको थियो म तिमिलाइ चहान्छु धेरै । हिजो म नशामा थिए नशामा नहुदा मैले धेरै भन्ने कोशिश गरे तर कहिल्यै सकिन । के तिमी पनि चहान्छौ मलाइ ??मलाइ तिम्रो श्रीमती हुन मन छ मलाइ बिबहा गर । 



 म यहि दिनको प्रतिक्षामा थिए तर एक किसिमले मनमा डर पलायो कसरी भनौ मालिक लाई मलाइ तपाईंको छोरी मन पर्छ, म बिबहा गर्न चहान्छु भनेर । तर नभनी नहुने बाध्य बनाइन प्रकाशिले म अलि दिन पछाडी नोकर भएर मालिकको छोरी माग्न गए । सायद म पहिलो ब्यक्ती होला ।


 बुढाको अनुहार हेर्न लायक भएन झन मेरो खै के कुरा गरौ । मलाइ एकै वाक्य मात्र भन्नू भयो अनि म हिढे । "आज देखि तेरो अनुहार नदेखा" । नुन खाएको थिए आज जे थिए उहाकै कारण न हो । तर माया त मनले गरेको हो नि नुन मनले त खाएको छैन नि भनी उनलाइ म्यासेज गरे तर फोन अफ थियो । धेरै ट्राइ गरे लागेन । सरको मा गर्ने साहस भएन । कलेज गएकै थिइनन रे । पुरानो भेट्ने ठाउमा भौतारीए भेटिन कतै । नरोएको र नपिएको दिन हुन्न थ्यो अरु लेडिज संग मनै नजाने । मौन हत्यारा ले लेख्नु भएका प्रत्येक टुइट म संग मिल्न पुग्यो । म पागाल सरि भए । बिस्तारै आफुलाइ समाले । इटहरी को इनभेस्ट बैक मा काम गर्न थाले । मेरो पढाइ ले नदिए पनि मेरो अनुभब ले दियो । बिस्तारै सफल जिन्दगी सुरु भयो । 



 करिब चार बर्ष पछि रातिको बार बजे फोन आयो त्यो नं नेपाल बाहिर को थियो ट्रु कल्लर ले जर्मनी को लोकेसन देखायो । फोन उठाए । म प्रकाशी भनेर के भनेकी थिइन आँसु अडिएन नयन बाट । धेरै बेर कलमा कुरा भयो । उनी डाक्टर भैछिन । बाबाको डरले मोबाइल फोन बोक्दिनन रछिन । साथिको बाट गर्दा थाहा हुन्छ भनेर गरिनन रे । तिमिले बिबहा गरेउ भनेर सोधिन । मैले छैन मात्र भने । उता बाट आइ लफ यु डियर भनिन सास फेर्नै नपाइ लफ यु टु भने । यो जति खुशिको कुरा के नै थियो र मेरो लागि । जर्मनी आहु बिबहा गर्नु पर्छ भन्ने कुरा भयो । म टुरिष्ट भिसामा छिट्टै जर्मनी पुगे । एयर पोर्ट मा मलाइ देख्ने बित्तिकै कुदेर आएर चुम्बन अनि अङालो मारिन । म मौन थिए अनि उनको हेराइ हत्यारा । 



 एक दुई दिन त्यही बस्यौ । अर्कै ठाउँ जानू भन्दा अगाडि बिबहा गरेउ जर्मनी पारामा । हामी त्यो ठाउँ छाडेर जानु भन्दा अगाडि उनले बाबालाइ म्यासेज कोरिन । अनि सिम फ्याकेर गुड बाइ ।



 अहिले हामी बेग्लै संसार मा छौ । हाम्रो एक छोरी पनि भैइन उस्तै प्रकाशी जस्तै । बिस्तारै उनी ठुली भइन । प्रकाशी जहिल्यै एउटा कुरा मा मन दुखाउथिन अब त बाबा संग कुरा गरौन भनेर । छोरिको मन न हो सदैब कहाँ टाढा भएर बस्न सक्दो रैछ र । हुन्छ गर भने । फोन गरिन बाबा भन्ने बित्तिकै उतै बाट मधुरो आवाज सुनियो छोरी तिमी कहाँ छौ ?? को संग छौ ?? उनिले भनिन म त्यही मान्छे संग छु जुन हजुरको नोकोर थियो । म उसलाइ छाड्न सक्दिन बाबा उसको र मेरो माया को चिनो एउटा हाम्रो छोरी छे म जस्तै । हजुरलाइ नातिनी अनि म चाहिन्छ भने हामिलाइ माफ गर्दिनुस ।


 हामी अमेरिका मा छौ अहिले । म संग उसको बाबा, सानि छोरी अनि प्रकाशी छिन । हाम्रो यतै ठूलो बिजनेस एम्पाएर सुरु भयो । नेपालको सम्पती थोरै राखेर अरु सबै बिक्री गरियो । अचेल हामी खुशी शुखी अनि एउटै परिवारमा आबद्ध छौ । घुम्न नेपाल जाने गरिन्छ ।