Wednesday, January 17, 2018

मुटु चिरिने प्रश्न एक कबिता मार्फत ।

   

                         शिर्षक :- प्रश्न केवल उनलाइ
झम झम गरेर झिम्किन्छ परेलि तिमिले दुखाउदा खेरि यो मन
ती नुनिला आँसु ओठमा गएर ठोकिन्छन जहाँ तिमिले चुम्बन गर्थेउ
आज यहि आँसु रक्सि भन्दा ज्यादा पिलाउन
के तिमिले चुम्बन गर्या हौ त ?

केही नबोली रफ्तार मा चल्छन तिम्रा ती याद
त्यही यादले लात्तले हान्छ मलाइ
 त्यो लात्ती यादाको भन्दा पनि
तिम्रो पैताला भन्दा माथिको खुट्टाका हुन्थे
 जहाँ पाउजु त मैले नै एक छाक टारी भोको पेटलाइ लात्ती हान्दै किनिदिएको थिए
 तिम्रो यहि लात्ती खान हो त आज मैले ?

मलाइ थाहा छ म अगाडि हिड्दा तिमी मेरो नजिक होइन नजिक भन्दा अलि पर हिड्थेउ
पछि नजिक भयौ हामी यति नजिक छुटिनै नसक्ने
आज त्यहि नजिक भन्दा धेरै टाढा गएछौ तिमी
त्यहि मलाइ लगाइदिएको बाला ले सोध्छ्न अचेल
म त पुरानो भए रोशन अब त बिर्सिदे मलाइ
म कसरी बिर्सौ तिमी अनि तिम्रो चिनुलाइ ??

रोशन सुन्नुस भनेर बोलाउदा हजुर भन्नुस कोहो भनेर भन्थे म
तर यसपल हुन्छन अरु मान्छे हुदैनौ तिमी हुन्छन तिम्रा नमिठा याद
के आज यहि छाती रेटिने सजाय पाउन
हजुर को हो भनेर भनेको हो त मैले ??


तिमिले आफ्नो कश्रिङ्गार पुसेर फ्याकेको त्यो रुमाल थियो नि
त्यो रुमाल मेरो प्रथम माया को चिनो
कति दुःख मान्यो त्यो रुमालले अझ त झन मनले
कहिल्यै देख्यौ त्यो रुमालमा घोपेको मेरो तिम्रो नाम
तिम्रो त्यही श्रिङ्गार्न मैले रुमाल दिएको हो त ??


आज त तिमिले उत्तर दिनुनै पर्छ अनि मैले पाउनु
के मैले तिम्रो माया नपाउन तिम्रो हर इच्छा पूरा गरिदिएको हो त ??
आफु मात्र दुखित भएर तिमिलाइ हसाउन
के मैले आफ्नो मुटु दिएको हो त ??
आज भन्नै पर्छ तिमिले

भन निर्दयि भन ।

1 comment:

  1. Harrah's Hotel and Casino - MapYRO
    Find Harrah's Hotel and Casino locations, rates, amenities: expert Harrah's research, 청주 출장마사지 only 거제 출장샵 at Hotel and 용인 출장마사지 Travel Index. 경산 출장샵 Harrah's Hotel 평택 출장마사지 and Casino

    ReplyDelete