Friday, February 23, 2018

कोट ।

तलाइ म पानीमा चोबल्छु
जसरी मान्छे झुन्डिन्छन त्यसरी झुन्ड्याउछु
तलाइ थाहा छ नि म तलाइ कति माया गर्छु !
त पनि त मलाइ त्यतिनै माया गर्छस
म जता जुम भन्छु त्यतै जान्छस
तलाइ खाटा मुनि फ्याके पनि भयो
बिस्तारामा सिरानी लाएर सुते पनि भयो
भोलि पल्ट त त्यसरिनै मुस्कुराइ रहेको हुन्छस
जसरी भनो मैले त्यसरिनै शरिरमा उनिन्छस !!

तेरो बैंस हुन्जेल मैले तलाइ चाहानु चाहे
तेरो रुप संग पनि मैले खेलबाड गरे !
तर पनि त मुसुक्क हासेर भन्छस
म त अब बूढो भए रोशन !
म कसरी बिर्सौ तलाइ त बूढो हुदा पनि तेरो माया लाग्छ
त्यसैले त म तलाइ छातिमा टसाउछु !!
ए मेरो पुरानो कोट !!!

1 comment: